५ देखि ११ बर्षसम्मका बालबालिकालाई खोप लगाउन मन्त्रिपरिषदमा प्रस्ताव


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ बर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप लगाउने बिषयमा निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । हाल सम्म सरकारले १२ देखि माथि उमेर समूहमा खोप खुला गरेको छ ।

पछिल्लो समय ५ बर्ष सम्म लगाउन मिल्ने बिभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरेपछि सरकारले उक्त समुहका नागरिकलाई खोप लगाउन खरिद प्रक्रिया अगाडी बढाएको हो । त्यसका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाउन आवश्यक थियो ।

स्वास्थ्य सेवा विभागका अनुसार ८४ लाख फाइजर खोप किन्ने निर्णयका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । मन्त्रिपरिषदबाट अनुमती पाएपछि खोप ल्याइने छ । सरकारले फाइजर कम्पनीसँग खोप खरिद गरेको हो । तर, अघिल्ला पटक जस्तै खोपको मुल्य खुलाइएको छैन । खोप र सिरिन्ज फरक फरक खरिद गर्नुपर्ने छ ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले ५ देखि ११ बर्षसम्मका बालबालिकाका लागि फाइजर खोप केही समयमा आउने बताए । औषधि ब्यवस्था विभागले पनि आयात अनुमती दिने तयारी थालेको छ । अन्य खोप भन्दा प्रयोग गर्ने तरिका र मात्रा फरक भएकाले यसलाई छुट्टै निर्णय गर्नु परेको हो ।

अधिकारीहरुका अनुसार ८४ लाख मात्रा भए दुवै डोज लगाउँन पुग्छ । विश्व स्वास्थ्य सङ्गठनले केही समय अगाडी ५ वर्षभन्दा माथिका बालबालिकालाई फाइजर खोप लगाउन सकिने बताइसकेको छ । अहिले सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाएको छ ।

हाल सम्म ३ करोड ७३ लाख ९४ हजार ४४८ मात्रा खोप लगाइसकीएको छ । १ करोड ८५ लाख २२ हजार ५१५ पहिलो मात्रा र १ करोड ७६ लाख ४८ हजार ६० र बुस्टर डोज १२ लाख २३ हजार ७ सय ९३ मात्रा लगाइएको छ ।

क्याटेगोरी : जीवनशैली
ट्याग : ##५ देखि ११ बर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप, ##स्वास्थ्य सेवा विभाग, #फाइजर खोप, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com