स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षको जिम्मेवारी पुन: खड्कालाई


काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा पुनः कैलाश खड्का चयन भएका छन् ।

महासंघको साधारण सभाले खड्कालाई तेस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनी तीनवर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।

त्यस्तै,  महासंघको वरिष्ठ उपाध्यक्षमा महेश राज श्रेष्ठ, प्रथम उपाध्यक्षमा गायत्री जिसी, द्वितीय उपाध्यक्षमा धनबहादुर गिरि डिबी, महासचिवमा दाताराम काफ्ले, सचिवमा लिलाम्बर झा, कोषाध्यक्षमा रामपुकार तिवारी चयन भएका छन् ।

साधारण सभाले केन्द्रीय सदस्यमा चन्द्रमा राई (चन्दा), प्रवेश रोका क्षेत्री, दीपक कार्की, पप्पु महासेठ, बेल बहादुर श्रेष्ठ (विजय), केशर थापा, रोजिना शाक्यलाई चयन गरेको महासंघले जनाएको छ ।महासंघको विधान अनुसार कार्यसमितिमा पाँच जना सदस्य अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ । अध्यक्षते पाँचजना सदस्य मनोनित गरेपछि  महासंघको केन्द्रीय कार्यसमितिले पूर्णता पाउनेछ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #कैलाश खड्का, #स्वास्थ्य व्यवसायी महासंघ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com