५० वर्षमाथिका सबैको वर्षमा एकपटक स्वास्थ्य परीक्षण निःशुल्क

प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका सबै सदस्यले मृत्युपछि अंगदान गर्ने निर्णय


काठमाडौं । सरकारले ५० वर्ष वर्षमाथिका सबै नागरिकलाई वर्षको एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सेवा दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्  बैठक ५० वर्षभन्दामाथि उमेर समूहका नागरिकहरुको मृगौला, कलेजो, मुटलगायत अन्य रोगसम्बन्धी परीक्षणहरु वर्षको एकपटक नि:शुल्क रुपमा गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका अनुसार रोगको पहिचानका लागि वर्षको एकपटक स्वास्थ्य परीक्षण गरी उपचार गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो ।

यता प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै मन्त्री र राज्यमन्त्रीको अंगदान गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका सबै सदस्यले मृत्युपछि अंगदान गर्ने निर्णय गरिएको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #अंगदान, #निःशुल्क स्वास्थ्य परीक्षण, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com