प्रत्येक वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्न गगन थापाको प्रस्ताव


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले देशभरका प्रत्येक वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्न प्रस्ताव राखेका छन् । आफू स्वास्थ्यमन्त्री हुँदानै यो प्रस्ताव अगाडि बढाएको सुनाउँदै उनले देशभरका हरेक वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना हुनुपर्ने प्रस्ताव राखेका हुन् ।

कांग्रेस महामन्त्री समेत रहेका थापाले काठमाडौं महानगरपालिका वडा नम्बर ३० ज्ञानेश्वरस्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको उद्घाटन गर्दै देशभर यो मोडलको संरचना बन्नु पर्नेमा जोड दिएका हुन् । सहुलियतमा औषधि उपलब्ध गराउन र जनचेतना फैल्याउन स्वास्थ्य प्रवर्द्धन केन्द्रले विशेष भूमिका खेल्ने उनको दाबी छ ।

पूर्व स्वास्थ्यमन्त्री थापाले काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका नागरिकलाई सेवा दिने उद्देश्यले आफू मन्त्री हुँदानै शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढेको सुनाए ।  ‘सरकारबाट बाहिरिएसँगै स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने काम अलपत्र परेको थियो । स्थानीय जनप्रतिनिधिहरु समेतको सक्रियतामा उक्त केन्द्र सञ्चालन गर्न सफल भएको छौं ।’, उनले भने

स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत वडाबासीहरुको स्वास्थ्यसँग सम्बन्धित सबै कुराको विवरण राख्ने र स्वास्थ्य परिक्षण गर्ने र अन्य स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुने पूर्व स्वास्थ्यमन्त्री थापाले बताए । केन्द्रले जनस्वास्थ्य प्रमुखको निगरानीमा स्वास्थ्यकर्मीहरुले वडाभित्रका प्रत्येक घरमा गएर स्वास्थ्यसम्बन्धी अनुगमन गर्ने  बताउँदै चाँडै फिजियोथेरापी सेवा पनि सञ्चालन गरिने उनको भनाइ छ ।

 

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #कांग्रेस महामन्त्री थापा, #पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, #स्वास्थ्य प्रवर्द्धन केन्द्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com