भतेर र भत्ताको लोभमा कामै छाडेर चन्द्रागिरी रिसोर्टमा स्वास्थ्यका कर्मचारी


काठमाडौं सुन्दा नमिठो र अपाच्य लाग्छ तर, सत्य नै त्यस्तै छ के गर्नु हुन्छ । टिओ खानकै लागि कार्यालयको काममाभन्दा बढी फिल्डमा रमाउने स्वास्थ्य मन्त्रालय र मातहतका कर्मचारी भात खाने कार्यक्रममा पनि उत्तिकै रमाउँछन् ।

एनजिओ/आइएनजीओको कार्यक्रम राखेको सुने बोलाउँन लगाएरै भएपनि भात खान पुग्छन् । अझ पछिल्लो समय मन्त्रालयले आफैले गर्नुपर्ने कार्यक्रम पनि दातृ निकायलाई जिम्मा दिन थालेका छन् । नभ्याएर भनौं कार्यकक्षमा अपवादबाहेक कामै गरेको देखिँदैन, भ्याएर भनौं दातृ निकायको अग्रसरमा कार्यक्रम भइरहेका छन् ।

मंगलबार स्वास्थ्यकर्मीका लागि विश्व स्वास्थ्य संगठनले चन्द्रागिरीको एक उच्चस्तररीय घरमा भतेरको आयोजना गरेको थियो । त्यसको बाहनामा एउटा कार्यक्रम तयार पारिएको थियो । उक्त कार्यक्रमको नाम कोभिड १९ महामारीको २ वर्षे समिक्षा राखिएको थियो । यो कार्यक्रम स्वास्थ्य मन्त्रालय आफैले गर्ने हो । जुन मन्त्रालयको हलमा गर्दा निकै प्रभावकारी मानिन्थ्यो । तर, भतेर र भत्ताको लोभमा स्वास्थ्यका कर्मचारी चन्द्रागिरी पुगे ।

त्यति मात्रै हैन, पछिल्लो समय नेपालमा स्वास्थ्य संरचना र सुचकांक कसरी आफ्नो प्रभावमा पारेर विश्वमा आफ्नो प्रभुत्व जमाइराख्न सकिन्छ भनेर डब्लुएचओ नेपाल प्रमुख पाण्डव स्वास्थ्यका उच्च अधिकारीलाई विभिन्न प्रभावमा पारेर जंगलजंगल दौडाउन थालेका छन् । एउटा भेस्टकै लागि कर्मचारी भने सेवा छाडेर दौडिरहेका छन् । हेर्नुहोस् त द्धन्द्धकालमा सैनिक गस्ति हिडेको भन्दा कुनै कम छत ?

मन्त्रालय आफैले कार्यक्रमको आयोजना गर्दा भत्ता थोरै हुन्छ । तर, एनजिओ/आइएनजीओलाई व्यवस्थापन गर्न दिँदा भतेर पनि राम्रो हुने र भत्ता पनि धेरै पाइने भएपछि अहिले स्वास्थ्य मन्त्रालयका अधिकारीले कार्यक्रमको शैली परिवर्तन गर्दै लगेका छन् ।

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी मिठो भात र ३ हजारमा बिक्दा आफूअनुकूल निर्णय र नीतिगत रुपमै हस्तक्षेप गर्न पाएपछि यसरी भात खुवाउने र भत्ता दिन्छु भन्ने संस्थाहरु मन्त्रालयमा फालाफाल छन् ।

कोभिड–१९ महामारीको २ वर्षे समिक्षा गर्न संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सातै प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामाजिक विकास मन्त्रालयका राजनीतिक नेतृत्वदेखि प्रशासन तथा स्वास्थ्यका उच्च अधिकारीहरु चन्द्रागिरी रिसोर्टमा छन् । तर, यसको कुनै उपलब्धि नभएको सहभागी अधिकारीहरुले भनेका छन् ।

‘भात खाने कार्यक्रम भनेपछि स्वास्थ्यका कर्मचारी खोजेरै पनि जाँदा रहेछन्’,मन्त्रालयका एक अधिकारीले भने । उक्त कार्यक्रममा धेरै जसो नबोलाई गएका छन् । प्रदेशबाट बैठकमा सहभागी हुन आएका एक सचिवले भने, ‘यस्तो कार्यक्रम हुन्छ भनेर जानेको भए आउँदिनथे । भाते बैठकको खर्चले एउटा सानो तर, सुविधा सम्पन्न अस्पताल बन्ने रहेछ ।’, उक्त भतेरमा ५० लाख बढी खर्च भएको अधिकारीहरुले बताएका छन् ।

यी नै हुन् स्वास्थ्यकर्मीलाई आफ्नो कब्जामा लिन सफल डब्लुएचओका कर्मचारी

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरु बिहान हिँड्ने गन्जि पाउने लोभले पनि कार्यालयको कामनै छाडेर डब्लुएचओ नामक संस्थाको कार्यक्रममा भाग लिन चन्द्रागिरी पुगेका छन् ।

स्वास्थ्य लाइभ दिउँसो मन्त्रालयमा पुग्दा स्वास्थ्य मन्त्री विरोध खतिवडा र सचिव डा. रोशन पोखरेलबाहेक उच्च अधिकारी थिएनन् ।

अधिकांश अधिकारीको कोठामा चाबी लगाइएको थियो । सेवाग्राही महाशाखा प्रमुखको पर्खाइमा थिए । फाइलहरु टेबलमा खात लागेका थिए । यता कर्मचारी भने चन्द्रागिरीमा फोटा खिचिरहेका थिए ।


नियमन गर्ने निकाय नभएकै कारण स्वास्थ्यका कर्मचारीको छाडापन निकै मौलाएको छ । ९ महिनामा अधिकांश महाशाखाको प्रगति करिब शून्य छ । खर्च देखिएको प्रगति पनि टिओको मात्रै छ । स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र नसार्दासम्म कार्यकक्ष नै चाबी लगाएर भतेर र भत्ताका लागि दौडिने क्रम नरोकिने स्वास्थ्य अधिकारीहरु बताउँछन् ।


भात खानकै लागि फायल बोकेर सहसचिव चन्द्रागिरीमा

मन्त्रालय उच्च स्रोतले दिएको जानकारी अनुसार स्वास्थ्य मन्त्रालयका सहसचिव मदन भुजेल मन्त्रालयका फायल नै बोकेर भतेर र भत्ताका लागि चन्द्रागिरी पुगेका छन् । कोभिड–१९ महामारीको २ वर्षे समिक्षामा यीनको कुनै भूमिकापनि छैन । तर, भुजेल कर्मचारी समायोजन मिलानको फायल बोकेरै चन्द्रागिरी पुगेको कर्मचारीहरु बताउँछन् ।

कर्मचारी प्रशासन शाखाका सहसचिव भुजेल स्वार्थ प्रेरित भएर समायोजन मिलानको काम गरिरहेको बुझिएको छ । दोहोरो सहमति लिएका स्वास्थ्यकर्मीलाई पाखा लगाएर भुजेलले पकेटका मान्छे र स्वार्थका मान्छेको सूची तयार पारिरहेका छन् । यसका लागि फायल बोकेर भतेरमा सामेल भएको मन्त्रालयका कर्मचारी बताउँछन् ।

भुजेलको काम गर्ने शैलीले उनी आर्थिक रुपमा निकै लिप्त भएको बुझिएको छ । स्वास्थ्य मन्त्रालयमा पछिल्लो सयम दोहोरो सहमतिबाहेकको समायोजन भएको थिएन । तर, भुजेल आएपछि समस्या देखिन थालेको छ । आर्थिक चलखेलमा काम गर्न थालेको पाइएपछि स्वास्थ्य लाइभले भुजेलको विषयमा निगरानी बढाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## स्वास्थ्यकर्मी, ##आइएनजीओ, ##एनजिओ, ##चन्द्रागिरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com