विदेश जाँदा ठग्लान हैं !

श्रमिकको स्वास्थ्य परीक्षण शुल्क केमा कति लाग्छ (सूचीसहित)


काठमाडौं ।  वैदेशिक रोजगारीका लागि मलेसियासहित खाडी मुलुकहरुमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क सरकारले पुनरावलोकन गरेको छ । यसका लागि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राय मागिसकेको छ ।

तत्कालीन गाम्का नेपाल को अनुरोध बमोजिम सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क पुनरावलोकन गर्न लागेको बुझिएको छ । तत्कालीन गाम्का नेपालले तत्कालन परीक्षण शुल्क पुनरावलोकन गर्नुपर्ने बताउँदै आएको थियो ।

हालको बजार मूल्य तथा स्वास्थ्य परीक्षण शुल्कसहित स्वास्थ्य मन्त्रालयसमक्ष राय मागिएको थियो । स्वास्थ्य मन्त्रालयले आफ्नो राय सहित ३७ वटा परीक्षणको सूची र परीक्षणमा लाग्ने रकम खुलाएर श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयल पठाएको छ ।

कामदारहरुले स्वास्थ्य परीक्षणका नाममा चर्को रकम तिर्नु परिरहेको गुनासो बढेपछि सरकारले पनि स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्न चाहेको थियो । श्रम मन्त्रालयमा सूचीकृत रहेका करिब २ सय ४० वटा स्वास्थ्य संस्थाहरुले कामदारबाट चर्को रकम असुली गरिरहेका छन् ।

कतिपय ठाउँमा स्वास्थ्य परीक्षण शुल्कको नाममा वैदेशिक रोजगारीमा जानेलाई ठगिरहेको उजुरी समेत पर्ने गरेको छ ।साउदी अरब, बहराइन, ओमन तथा मलेसिया मुलुकमा जाने श्रमिकहरुले स्वास्थ्य परीक्षण गर्न चर्को शुल्क तिर्नु परेको छ । अब भने सबैभन्दा बढी इसिजिको ११ सय तोकिएको छ । त्यस्तै कम सिरिन्ज जसको मूल्य ५ रुपैयाँ तोकिएको छ ।

हेनुहोस् मूल्य सूची 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #गाम्का, #बहराइन र ओमन तथा मलेसिया, #वैदेशिक रोजगार, #श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, #साउदी अरब, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य परीक्षण शुल्क

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com