संघमा फर्किन जोशी-थपलियालगायतले हालेको मुद्दा लगाउमा राख्न आदेश


काठमाडौं । प्रदेशमा समायोजन भएका स्वास्थ्य मन्त्रालयसहितका कर्मचारीले संघमा फर्किन हालेको रिट निवेदन लगाउमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश इश्वर खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलासले समायोजनसम्बन्धी सबै मुद्दा लगाउमा राख्न आदेश दिएको हो । आगामी बैशाख २७ गते सुनुवाईको मिति(पेशी) तोक्दै संयुक्त इजलासले समायोजनसँग जोडिएका सबै रिट निवेदन, मुद्दा लगाउमा राख्न सर्वोच्च अदालत प्रशासनलाई आदेश दिएको हो ।

समायोजनको मुद्दा लगाउमा राख्न आदेश दिएसँगै प्रदेशमा समायोजन रिट निवेदनमार्फत संघमा फर्किएका स्वास्थ्य सेवा एघारौं तहका रिता जोशी भण्डारी र डा. राधिका थपलियाको मुद्दाको टुंगो पनि अब एकमहिनाभित्र लाग्ने देखिन्छ ।

सर्वोच्च अदालतका न्यायायाधीश आनन्दमोहन भटृराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले समायोजन भएकै ठाउँमा जानुपर्ने फैसला गरिसकेको छ । फैसलाको पूर्ण पाठ सार्वजनिक भइसकेको छ । अब प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीलाई संघमा फर्कने बाटो बन्द भएको छ । यो फैसालासँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट समायोजन भएर गएका तर अदालको आदेशको भरमा संघमा आएका दुई उच्च अधिकारी दर्जनौं कर्मचारी समयोजन भएकै ठाउँमा जानु पर्ने भएको हो ।

कर्णाली प्रदेशमा समायोजन भएकी स्वास्थ्य सेवाको एघारौँ तह (सहसचिव)मा कार्यरत डा. थपलिया र बागमती प्रदेशमा समायोजन भएकी भण्डारी समायोजनविरुद्ध अदालतको स्टे अर्डर लिएर संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आएका थिए । अदालतको पछिल्लो फैसलाले उनीहरुको स्टे अर्डरको औचित्य समाप्त पारिदिएको छ । अब लगाउमा राखेर सर्वोच्च अदालतको ती सबै रिट निवेदन खारेज गर्ने प्रक्रिया अघि बढाएको हो ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार
ट्याग : #डा. राधिका थपलिया, #डा. रिता जोशी भण्डारी, #समायोजन प्रदेश फिर्ता, #सर्वोच्च अदालत, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com