राप्रपाको घोषणापत्रमा स्वास्थ्यलाई उच्च प्राथमिकता

किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप, सुत्केरी भत्तादेखि सेनिटरी प्याडसम्म समेटियो


काठमाडौं । राप्रपाले स्थानीय तहको घोषणापत्रमा स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आज सार्वजनिक गरेको घोषणापत्रमा स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको हो । उक्त घोषणापत्रमा किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप, सुत्केरी भत्तादेखि छात्रालाई निःशुल्क सेनिटरी प्याडसम्म वितरण गर्ने कुरा समेत समेटिएको छ ।

राप्रपाद्वारा जारी घोषणापत्रमा हरेक स्थानीय तहमा न्यूनतक एक सुलभ औषधि पसल खोल्ने, किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप दिने, हरेक वडामा स्वास्थ्य चौकी, हरेक स्थानीय तहमा प्रसूति सेवा दिने विषय समेटिएको छ । यस्तै निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार रुपैयाँ मासिक भत्ता उपलब्ध गराउने विषयलाई राप्रपाको घोषणापत्रमा जोडतोडले उठाइएको छ ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार
ट्याग : #घोषणापत्र, #राजेन्द्र लिङदेन, #राप्रपा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com