महाराजगन्ज क्याम्पसमा अनेरास्ववियुका विद्यार्थीद्धारा नेविसंघ निकट विद्यार्थीमाथी आक्रमण


काठमाडौं । महाराजगन्ज चिकित्सा क्याम्पसमा गएराती अनेरास्ववियु र नेविसंघ निकट विद्यार्थी बीच झडप भएको विद्यार्थी नेता डा मिर्जा सिद्दिकीले जानकारी दिए । उनका अनुसार नवनिर्मित पुरुष छात्रावासको भवन अनेरास्ववियु निकट विद्यार्थीहरुले अतिक्रमण गरेका थिए । उनिहरुले छात्रावास र क्याम्पस प्रशासनको नियम उल्लंघन गरी गैरकानुनी ढंगले छात्रावास भवन अतिक्रमण गर्दै आएका थिए ।

‘यो छात्रावास अनेरास्ववियु को हो । यस भित्र नेविसंघ निकट विद्यार्थीले प्रवेश गरेमा अपहरण गर्ने, मार्ने भन्दै अनेरास्ववियका अध्यक्ष डा विनय पञ्ज्ञानी, एमबिबिएस अन्तिम वर्ष अध्ययनरत असीम घिमिरे र एमबिबिएस तेस्रो वर्ष अध्ययनरत पुष्पराज भामले धम्की दिँदै आएको पिडित विद्यार्थीको आरोप छ ।

यता नेविसंघ निकट विद्यार्थीले आफु पनि बस्न पाउनु पर्ने भन्दै छात्रावास भवन प्रवेश गर्न खोजेका थिए । सोही क्रममा अनेरास्ववियु निकट विद्यार्थी वीरेन्द्र कुँवर र पंकज गुप्तले गालीगलौज मात्रै गरेनन् नेविसंघ निकट विद्यार्थी माथि हातपात गरेको स्रोतले जनाएको छ ।

नेविसंघ निकट विद्यार्थी माथि हातपात सुरु भएपछि दुई पक्षबीच ठेलाठेल भएको थियो । प्राप्त जानकारी अनुसार वीरेन्द्र कुँवरे झ्यालमा इटा प्रहार गरेका थिए । उक्त क्रममा नेविसंघ निकट विद्यार्थी डा सुलभ आचार्य, सूर्यप्रकाश जोशी र नेविसंघका सचिव सुमित बोहरा घाइते भएका छन् ।

झडपमा अनेरास्ववियु निकट डा विनय पञ्ज्ञानि, डा विवेक पौडेल, डा सौरभ सुवेदी, डा अनुज पाण्डेय र अन्तिम वर्षका सुरज गुप्ता, विकास बस्याल, र असीम घिमिरेको संलग्नता थियो । अनेरास्ववियु निकट जनस्वास्थ्य अध्ययनरत राजु चन्द ठकुरीले भने विद्यार्थीलाई खुकुरी बोकेरै लखेटेको बताइएको छ । तर, उक्त घटनालाई अनेरास्ववियु निकट विद्यार्थीहरुले सिसा र इटा प्रहार गर्दा लागेको चोटलाई केही विद्यार्थीहरुले कुटपिट गरेको भनी भ्रामक समाचार सम्प्रेषण गरेको पिडित विद्यार्थी बताउँछन् । महाराजगन्ज चिकित्सा क्याम्पसमा अनेरास्ववियुका विद्यार्थीले गरेको घटनाले अन्य विद्यार्थीहरु त्रासमा देखिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ