ओम्नीका मतियार विकल पौडेलमाथि जबरजस्ती गर्भपतन गराएको आरोप


काठमाडौं । मेडिकल सामग्री खरिद घोटालामा मुछिएको ओम्नी ग्रुपका मतियार विकल पौडेलमाथि जबरजस्ती गर्भपतन गराएको गम्भीर आरोप लागेको छ ।

कांग्रेस नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको मिलेमतोमा कानुन फेरेर पुनः सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरिएका विकलमाथि गर्भपतनको आरोप लागेको हो ।

उनले अबिबाहित भनी ढाँटेर जबरजस्ती शारीरिक सम्पर्क गर्ने गरेको र बालाजुको विनायक अस्पतालमा लगेर जबजस्ती गर्भपतन गराएको पीडित महिलाको आरोप छ । उच्च घरानाकी ती महिनाले गर्भपतन गराएपछि बिबाह गर्छु भन्ने आश्वासन दिएर ७ महिनाको गर्भपतन गराएको दाबी गरेकी छिन् ।

सञ्चारमन्त्री कार्कीकै प्रस्तावमा नेपाल टेलिकमको प्रबन्धन निर्देशक(एमडी) बनेका सुनिल पौडेलले अस्पतालमा लाने, गर्भपत गराउनेलगायतका सबै व्यवस्थापन गरेको ती पीडित महिलाको भनाइ छ ।

सुनिल पौडेल विकलकै ‘रिमोट कन्ट्रोल’ भएको चर्चा चलिरहँदा विकल पीडिल ती महिलाको आरोपले यो कुरालाई थप पुष्टि गरेको छ । विकलसँग भएका उन्तरंग सम्बन्धका फोटो तथा भिडिओहरु आफूसँग रहेको र उपयुक्त समयमा सार्वजनिक गर्ने ती महिलाले सुनाइन । केही फुटेज एकजना पत्रकारलाई समेत उपलब्ध गराइएको त्यो दुरुपयोग गरिएको आशंका पारिवारिक स्रोतको छ ।

पीडित महिलाका अनुसार विकल अमेरिकाको ग्रीन कार्ड होल्डर व्यक्ति हुन् । आफूलाई मायाजालमा फसाउँदा त्यो प्रमाण देखाएको उनको दाबी छ । उनको परिवार अमेरिकाको न्यूयोर्क सिटीको NOB HILL अपार्टमेण्टमा बस्दै आएको र उनकी श्रीमती अपस्टेट युनिभर्सिटी हस्पिटलमा कार्यरत रहेको ती पीडित महिलाको भनाइ छ । क्यान्सरको चिकित्सक रहेकी श्रीमतीको तर्फबाट समेत दुई सन्तान रहेको उनले खुलाइन् ।

आफ्नो जबरजस्ती गर्भपतन गराउनु र उता दोस्रो सन्तान जन्माउनु एकैपटक भएको उनले सुनाइन् । सन् १०१९ को घटना भएपनि आफूलाई विकलले दिएको आश्वासन पूरा नगरेकाले न्यायको लडाईंमा लाग्ने तयारीमा ती महिला रहेकी छिन् । उनी आफूलाई उपयुक्त समयमा सार्वजनिक गर्ने समेत बताउँछिन् ।

विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा पुन: नियुक्त भएपछि इम्बोस्ड नम्बर प्लेटमा यातायात व्यवस्था विभागले दादागिरी शैली अपनाएको थियो । विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरे जेल हाल्नसम्मको चेतावनी दिएपछि इम्बोस्डमा विकलले विगतमा गरेका बदमासी छताछुल्ल भएका थिए । त्यसलगत्तै उनी अमेरिका उडे । विकल अमेरिकाको ग्रीन कार्ड होल्डर रहेको आरोप लागिरहँदा उनी पीडित महिलाको कुरा पनि त्यसलाई पुष्टि गर्ने खालको आएको छ ।

सेक्युरिटी प्रेस खरिदमा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोडको टेप प्रकरण सार्वजनिक भएपछि त्यो बेला पनि विकल अमेरिका उडेका थिए ।  इम्बोस्ड नम्बर प्लेट विवाद आएलगत्तै उनी फेरि अमेरिका उडे । यो विषयमा छानबिन गर्न जनस्तरबाट आवज उठ्न थालेको छ । आईटी माफियाको रुपमा परिचित विकल पछिल्लो समय अनइच्छुक गर्भपतन काण्डमा समेत जोडिएका छन् । महिलाको अधिकारका लागि भनेर एनजिओ समेत खोलेर स्वास्थ्यबाट प्रोजेक्ट लिने प्रधानमन्त्री पत्नी आरजुले यस्तै पात्रलाई बोकेपछि उनी संलग्न एनजिओमाथि समेत गम्भीर प्रश्न खडा भएको छ ।

यो विषयमा गम्भीर छानविन गरेर पीडितलाई न्याय दिनुपर्ने अधिकारकर्मीहरुको भनाइ छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##गर्भपतन, #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #इम्बोस्ड नम्बर प्लेट, #ग्रीन कार्ड होल्डर, #विकल पौडेल, #विनायक अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com