वीर अस्पतालको १३३ औं जन्मदिन

वीर अस्पतालद्वारा १९ प्रतिशत नागरिकको निःशुल्क उपचार


काठमाडौं । देशको सबैभन्दा पुरानो अस्पताल वीरले १९ प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा दिएको छ । एक वर्षभर अस्पतालमा उपचार सेवा लिन पुगेका बिरामीहरुमध्ये १८ दशमलब ८ प्रतिशतलाई पूर्ण निःशुल्क सेवा दिएको हो ।

बिहीबारबाट वीर अस्पताल १३३ वर्ष लागेको छ । यसबीचमा कयौं उतारचढावहरू आएका छन् । अस्पतालको तथ्यांक अनुसार यस वर्ष वीर अस्पतालमा ४ लाख ३३ हजार १ सय ८ जनाले सेवा लिएका छन् । उक्त संख्यामध्ये ८१ हजार २ सय ५ जनाले पूर्ण निःशुल्क सेवा पाएको अस्पतालले जनाएको छ ।

वीर अस्पतालमा यो वर्षभर ३ लाख ७९ हजार ९ सय ७ जनाले ओपिडीबाट सेवा लिएका छन् । यता १५ हजार ६ सय २३ जना भर्ना भएका छन् । त्यस्तै ३७ हजार ४ सय ९ जनाले अकास्मिक सेवा लिएका छन् । देशभरबाट उपचारका लागि आएका बिरामीमध्ये अत्यन्तै गरिब र विपन्न वर्गका नागरिकहरुलाई निःशुल्क उपचार सेवा दिएको हो ।  निजी अस्पतालले सम्पती जति चुसेर खोस्टो मात्रै भएपछि निःशुल्क सेवा लिन वीर अस्पताल पठाउने गरेका छन् ।

एक वर्षमा वीरले ३ हजार ३ सय ३३ वटा जटिल शल्यक्रिया गरेको छ । मध्यम शल्यक्रिया १६ सय ९५ जनाको भएको छ  र सामान्य शल्यक्रिया ४ हजार १ सय ५ जनाको भएको छ । प्याथोलोजी टेस्ट २ लाख ६४ हजार १६६ जनाको भएको छ । त्यस्तै रेडियोलोजी सेवा ४५ हजार ४५१ जनाले लिएका छन् ।


इन्डोसकोपी सेवा ३ हजार ७ सय ४ जनाले लिएका छन् । कोलोनोसकोपी सेवा १ हजार ३ सय ५ जनाले लिएका छन् । सिटि स्क्यान सेवा ११ हजार ५ सय ८३ जनाले लिएका छन् भने एमआरआई सेवा ६ हजार ४९ जनाले लिएको तथ्यांक रहेको छ । अल्ट्रासाउण्ड सेवा ४८ हजार ७५० जनाले लिएका छन् । न्युक्लियर मेडिसिन ३३ सय र डायलाइसिस सेवा १७ हजार ३७९ सेसन चलेको छ । जसबाट ६ सय ८ जनाले सेवा लिएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : ##वीर अस्पताल १३३ वर्षमा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com