स्वास्थ्य प्राेटाेकल पालना गरेनन् प्रधानमन्त्रीले, पालना गर्न जानेनन् स्वास्थ्यमन्त्रीले


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक कार्यक्रममा सहभागी हुँदा स्वास्थ्य मन्त्रालयले तयार पारेको प्राेटाेकल पालना गरेनन् । कोभिड-१९ को जोखिम बढिरहेको अवस्थामा सदनदेखि सडकसम्म मास्क अनिवार्य गरिएकोमा प्रधानमन्त्रीले त्यो प्रोटोकल उल्लंघन गरेका हुन् ।

वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिको रुपमा सहभागी भएका प्रधानमन्त्री देउवाले मास्क नलगाएर स्वास्थ्य मन्त्रालयको प्राेटाेकल पालना नगरेका हुन् ।

सभामुख अग्नीप्रसाद सापकोटाले सदनमा अनिवार्य रूपमा मास्क लगाएर आउन उर्दी जारी गरिसकेका छन् । स्वास्थ्य मन्त्रालयले पनि सर्वसाधारणमा अनिवार्य मास्क लगाउन अपिल गरेको छ । तर स्वास्थ्य मन्त्रालय मातहत कै वीर अस्पतालको कार्यक्रममा सहभागी हुन जाँदा प्रधानमन्त्री देउवाले मास्क लगाएनन् ।

त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डीएन साहले पनि स्वास्थ्य प्रोटोकल उल्लंघन गर्दै मास्क नलगाई कार्यक्रममा सहभागी भएका छन् ।

यता स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्य प्रोटोकल पालना गर्न खोजेपनि नाकभन्दा तल मास्क लगाएका छन् । उनले पनि स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गर्न जानेनन् ।

नाकमुनि मास्क लगाएर स्वास्थ्यमन्त्री खापुङले गलत ‘म्यासेज’ दिएका छन् । मास्क लगाउने तरिका स्वास्थ्यमन्त्रीलाई नै सिकाउनु पर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## प्रधानमन्त्री शेरबहादुर देउवा, ## वीर अस्पताल, ##वीर अस्पताल १३३ वर्षमा, #स्वास्थ्य प्रोटोकल, #स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com