नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यृ हुने ७६ प्रतिशत खोप नलगाएका


काठमाडौं । नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यृ हुने ७६ प्रतिशत खोप नलगाएको मानिसहरु रहेको तथ्य सार्वजनिक भएको छ । साउन १ गतेदेखि २१ गतेसम्म १९ जनाको मृत्यु भएकोमा १३ जना कोभिडविरुद्धको खोप नलाएको भेटिएको हो । साथै मृत्यु भएका मध्ये १३ जना मै पहिले कुनै न कुनै किसिमको दीर्घ रोग भएको पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउन लागेसँगै संक्रमणबाट मृत्यु हुने संख्या बढेको र मृत्यु हुने मध्य ७६ प्रतिशत एक डोज पनि कोभिडविरुद्धको खोप लगाएका रहेको बताएका छन । तर मृत्यृ भएका दुई जना भने पूर्ण खोप लगाएको समेत रहेको छ ।

नेपालमा कोरना संक्रमण बाट मृत्यृ हुनेमा २१ बर्ष देखि ८५ वर्ष उमेर समूहको रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा। खगेश्वर गेलालले बताए। बुस्टर डोजले मृत्युदर घटाउँछ त्यसकारण कोभिड संक्रमणको जोखिमबाट बच्ने सबैभन्दा उत्तम उपाए भनेको कोभिड बिरुद्धको खोप नै हो । विश्व स्वास्थ्य संगठनले एक डोज खोप लगाउनेमा संक्रमणबाट गम्भीर नहुने दर ६५ प्रतिशत र बुस्टर डोज लगाउनेमा गम्भिर नहुने दर ८५ प्रतिशत हुने भने तथ्य सार्वजनिक गरिसकेको छ । नेपालमा हाल प्रयोग भइरहेको ११ वटा कोभिड(१९ विरुद्धको खोप डब्लुएचओले स्वीकृती समेत दिएको छ । त्यसकारण ढुक्क भएर स्वास्थ्य संस्थामा गरेर कोरना बिरुद्धको खोप लगाउन नेपाली जनतासँग आग्रह गरे ।

नेपालमा कुल जनसंख्याको ७५ प्रतिशतले अझै बुस्टर डोज खोप लगाउन बाँकी रहेको छ।

क्याटेगोरी : समाचार
ट्याग : #कोभिड १९, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com