नेपाल र दक्षिण एसियाका लागि उच्च गुणस्तरको उपचार प्रदान गर्ने फ्रन्टलाइन अस्पतालको दाबी


काठमाडौं । फ्रन्टलाइन अस्पतालको नेपाल र दक्षिण एसियाका लागि उच्च गुणस्तरको उपचार प्रदान गर्ने दाबी गरेको छ ।

अस्पतालको उद्‌घाटन (सफ्ट ओपनिङ) समारोहमा अस्पतालले उक्त दाबी गरेको हो ।  अस्पतालको भिजन नेपाल र दक्षिण एसियाका लागि उत्कृष्ट उच्च गुणस्तरको उपचार प्रदान गरेर शहरी स्वास्थ्य सेवा अविष्कार गर्ने रहेको छ । क्लिनिकल अभ्यासको पनि निरन्तर सुधारमा अग्रणी बन्ने पनि अस्पतालको भिजन रहेको छ ।

फ्रन्टलाइन अस्पतालको मिसन भनेको प्रमाणमा आधारित उत्कृष्ट क्लिनिकल पेशेवारहरूद्वारा टोलीको नेतृत्वमा स्वास्थ्य सेवा प्रदान गर्नु रहेको जनाएको छ । मुलुकको सबैभन्दा राम्रो पूर्वाधार र उत्कृष्ट चिकित्सा सेवा प्रदान गर्न कटिबद्ध रहेको जनाउँदै अस्पतालले बिरामीहरुको समस्या समाधान गर्न व्यावसायिकता, विश्व-स्तरीय हेरचाह र नैतिक क्लिनिकल अभ्यासको उच्चतम पालना गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

फ्रन्टलाइन अस्पतालका कार्यकारी अध्यक्ष नवराज पाण्डेले फ्रन्टलाइन उत्कृष्ट क्लिनिकल पेशेवारहरूद्वारा प्रमाणमा आधारित टोलीको नेतृत्वमा स्वास्थ्य सेवा गर्न प्रतिबद्ध रहेको बताए । उनले आफूहरूले स्वास्थ्य सेवाका क्षेत्रका ल्याएको भिन्नतालाई साक्षी र अवलोकन गर्न आग्रह गरेका छन् ।

फ्रन्टलाइन अस्पतालका क्लिनिक अध्यक्ष डा. चक्रराज पाण्डेले फ्रन्टलाइन नेपाल र दक्षिण एसियाका लागि उत्कृष्ट उच्च गुणस्तरको उपचार सेवा प्रदान गरेर शहरी स्वास्थ्य सेवाको परिकल्पना गरेको धारणा राखे । आफूहरूले क्लिनिकल अभ्यासहरुको निरन्तर सुधारका साथ उत्कृष्ट क्लिनिकल परिणामहरू पछ्‌याउने उनले विश्वास दिलाए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले फ्रन्टलाइन अस्पतालले भिन्न र अत्याधुनिक चिकित्सा प्रविधिमा आधारित सेवा दिने विश्वास व्यक्त गरे ।

फ्रन्टलाइन अस्पतालका सीओओ सुरेश कुमार मनोहरले फ्रन्टलाइन अस्पतालमा उच्च स्तरीय पूर्वाधार, चिकित्सा र पेशेवरहरूको उच्च, योग्य र समर्पित टोलीमार्फत सम्बन्ध निर्माणमा केन्द्रित रहेको बताए । आफूहरूले सबैभन्दा उचित परमा तृतीयक चिकित्सा ल्याउने लक्ष्य राखेको उनको भनाइ छ ।

फ्रन्टलाइन अस्पताल काठमाडौंको मुटु बानेश्वरमा अवस्थित छ । १ देड सञ्चालनमा रहेको र थप १ बेड सञ्चालनका लागि प्रस्तावित बहु आयामिक विशेषता भएको अस्पताल हो । उक्त अस्पतालले विश्वस्तरीय चिकित्सा सेवा सुमथ मूल्यमा उपलब्ध गराउने जनाएको छ । आफूहरुको प्राथमिकता विशेष परामर्शका साथ सबैभन्दा अत्याधुनिक र विश्वव्यापी प्रतिस्पर्धी सेवाहरू प्रदान गर्नु रहेको अस्पतालको भनाइ छ ।

सर्बसाधारण जनसंख्याले देशबाहिर अस्पतालका सेवाहरू खोज्नु नपरोस भन्ने उद्देश्यका साथ फ्रन्टलाइन अस्पताल सञ्चालनमा ल्याइएको अस्पताल सञ्चालन टिमले जानकारी दिएको छ ।

 

 

 

 

क्याटेगोरी : समाचार
ट्याग : #डा चक्रराज पाण्डे, #फ्रन्टलाइन अस्पतालका, #फ्रन्टलाइन अस्पतालका अध्यक्ष नवराज पाण्डे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com