स्वास्थ्य बीमा बाेर्डकाे बदमासीः सेवा रोकेका अस्पताल देखाउँदै बीमा गराउँदै

बीएण्डसीले आफै बिमा सुरु गर्ने भनेको एक हप्तामा १८ हजारले फारम भरे


घटना १

इलामकी मनमाया लिम्बुले स्वास्थ्य बीमा गरेको २ वर्ष भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि एक महिना अगाडि उनी उपचारका लागि झापाको बिएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल पुगिन् । उनको ब्रेथमा सानो घाउ भएकाले एमआरआई गर्नुपर्ने थियो । बीमा गरेकी उनले बिएण्डसीमा उक्त सेवा पाइनन् । स्वास्थ्य बीमामार्फत सेवा नपाएपछि उनले पुरै रकम तिरेर सेवा लिएको बताइन् । बिएण्डसीको बीमा कार्यक्रम सरकारले बन्द गरिसकेको छ । सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द गरेका कारण उनीले बिएण्डसीमा स्वास्थ्य बीमामार्फत स्वास्थ्य सेवा लिनबाट बञ्चित भएकी छिन् ।

घटना २
भोजपुरकी समिक्षा रम्तेल पनि स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएको एक वर्ष पुगेको छ । ३५ सय प्रिमियम तिरेपछि १ लाख सम्मको उपचार निःशुल्क पाइन्छ भन्ने सुनेर बिमा गरेकी उनलाई पहिलो गाँसमै ढुंगा लागेको छ । उपचार गर्न बिराट मेडिकल कलेज शिक्षण अस्पताल पुगेकी रम्तेल निरास हुदै फर्किइन् । ‘बिराट मेडिकल कलेजमा सेवा लिन गएकी थिएँ त्यहाँ बीमाको कार्यक्रम नै सरकारले बन्द गरेको रहेछ’, सेवाबाट बञ्चित रम्तेलले भनिन् । भोजपुरबाट बिराटनगर सेवा लिन आउँदा कम्तिमा पनि एक हप्ताको समय माया मारेर आउँनु पर्ने सुनाउँदै रम्तेलले सरकारका कारण आफूले दुःख पाएको गुनासो पोखिन् ।

घटना ३

संखुवासभा तुम्लिङ्टार निवासी ६२ वर्षीय भोजराज कुमाललाई लामो समय देखि पेटको समस्या थियो । राम्रो उपचार नपाएपछि उनी गुणस्तरीय सेवाको लागि विराटनगरको नोबेल मेडिकल कलेज पुगे । स्वास्थ्य बीमा गरेका गोजिमा ५ हजार रुपैयाँ बोकेर आएको उनी बताउँछन् । तर, अस्पतालमा बिमाको कार्यक्रम बन्द भएकाले उपचारमा समस्या आएको कमालको दुःखेसो छ । नोबेलबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुगेका उनले त्यहाँ उपचार गराउँन नसकेर घरै फर्किएको बताउँछन् । ‘अहिले उपचारको लागि समय मिलेन पैसा पनि ल्याएको थिइन् अब दशै पछि पैसा लिएर उपचार गर्न आउँनु पर्ला’, उनले भने ।

यी तीन स्वास्थ्य संस्थाका तीन घटना प्रतिनिधि मुलक मात्रै हुने । यस्ता समस्या भोगेका बिरामी अहिले दिन दुई गुणा रात चौगुणाका दरले बृद्धि भएको छ ।

सरकारले असार एक गतेबाट निजी स्वास्थ्य संस्थाले दिँदै आएको स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेर सरकारीबाट मात्रै चलाउने नीति लिएको थियो । उक्त नीतिसँगै पूर्वका तीन ठुला स्वास्थ्य संस्थाले सेवा बन्द गरेका थिए । एउटै मेडिकल कलेजको ५० करोडभन्दा बढी रकम बीमा बोर्डले तिर्न बाँकी भएको अवस्था र सरकारले समेत सेवा रोक्ने नीति ल्याएपछि सेवा अगाडि बढाउने वा नबढाउने दोधारमा परेका अस्पताल संचालकले सेवा रोक्न पुगेका थिए । ती अस्पतालले सेवा रोकेपछि सेवाग्राहीहरु मारमा परेका छन् ।

बिरामीको दबाव थेग्न नसकेपछि पुनः सुरु गर्दा स्वास्थ्य बीमा बोर्डले विवरण आफ्नो बोर्डको सिस्टममा राख्न नदिएपछि अनिश्चित कालका लागि बीमा कार्यक्रम रोकिएको छ । पूर्वको बिएण्डसी मेडिकल कलेज, नोबेल मेडिकल कलेज र बिराट मेडिकल कलेजको बीमा कार्यक्रम ठप्पै भएको छ । जनताको माग अनुसार संचालन गर्न खोज्दा बीमा बोर्डका अधिकारीले मानेका छैनन् ।

गज्जबको कुरा चाहिँ सेवा संचालन गर्न नदिएका निजी स्वास्थ्य संस्था देखाएर सरकारले बीमा भने गरिरहेका छ । सुनसरी जिल्लाका दर्ता अधिकारी सुवास कुमार लम्सालका अनुसारपछि संचालन हुन्छ की भन्ने आसाले नागरिकलाई बीमित गराउने काम दर्ता सहयोगीले गर्दै आएका छन् । यदी निजीबाट सेवा संचालन नभएको खण्डमा उनीहरुले सरकारीबाट लिने छन् ।

लम्सालका अनुसार मोरङ्मा ४ लाख ३९ हजार ३५ जनाले बिमा गराएका छन् । त्यस्तै सुनसरीमा ४ लाख ४२ हजार ४८८, झापामा सबै भन्दा बढी ६ लाख १० जना, इलाममा २ लाख, पाँचथरमा १ लाख ७५ हजार, ताप्लेजुंमा १ लाखले बिमा गराएका छन् । यो संख्या हाल तीब्र गतिमा घटिरहेको दर्ता अधिकारीहरु बताउँछन् ।

लम्सालका अनुसार निजी स्वास्थ्य संस्थामा बीमा रोकिएको प्रति नागरिक कत्ति पनि खुसी छैनन् । बीमा गराएर एमआरआई, सिटी र क्याथ ल्याब जस्ता महत्त्वपूर्ण सेवा लिन पाएका छैनन् । अन्य सेवा पनि निजीमा बन्द भएपछि सहज रुपमा पाएका छैनन् ।
‘अहिले कति नवीकरण घट्यो एकिन भन्ने अवस्था छैन लम्सालले भने, ‘अहिले दर्ता अधिकारी फिल्डमा फारम संकलनमा छन् । उनीहरुले संकलनका कार्य सकेपछि भन्न सकिन्छ ।’ फारम भर्ने दर्ता संकलन टोलिलाई बुझ्दा यस वर्ष साह्रै कम संकलन भएको मौकिख जानकारी भने पाएको लम्सालले जानकारी दिए ।

बीएण्डसीले आफै बिमा सुरु गर्ने भनेको एक हप्तामा १८ हजारले फारम भरे
सरकारले बिमा कार्यक्रमलाई असफलताको बाटोमा लगेपछि झापास्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले ‘ बिएण्डसी जीवन बचाउ अभियान’ सुरु गरेको छ । बिएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईले दशैं तिहारपछि अस्पतालले ‘बिएण्डसी जीवन बचाउ अभियान’ सुरु गर्ने बताए । यसका लागि छुट्टै बीमा कार्यक्रम संचालन गरिने छ ।

‘बिएण्डसी जीवन बचाउ अभियान’ अन्तर्गत संचालन हुने बीमाका लागि १८ हजारले अग्रिम फारम भरेका छन् । सरकारको भर नभएको भन्दै उनीहरूले ‘बिएण्डसी जीवन बचाउ अभियान’ मा आवद्ध हुन चाहेको बताएका छन् । यो योजनाअनुसार बिएण्डसीले छुट्टै उपचार प्याकेज तयार गरेको छ ।

सोवाग्राहीले निश्चित रकम तिरेपछि ५० हजार रुपैयाँसम्मको उपचार एक वर्षसम्म गर्न पाउनेछन् । यो प्याकेजमा हामी प्रति परिवारलाई १० हजार रुपैयाँसम्ममा ५० हजारको सेवा उपलब्ध गराउने तयारीमा छौं,’ स्वास्थ्य लाइभसँग दुर्गा प्रसाईले भने ।
‘झापा, इलामलगायत मेची अञ्चलमा अझै पनि बिएण्डसीमा बीमा हुन्छ भनेर नवीकरण गर्ने र नयाँलाई बीमित गर्ने क्रम जारी छ,’ उनले भने, ‘अब हामी सरकारको स्वास्थ्य बीमा चलाउँदैंनौं ।’, आफ्नै छुट्टै कार्यक्रम चलाउँने बताउँदै प्रसाईले अब आफूहरूको नाम बेचेर सरकारले बीमा नगरोस् भन्ने चेतावनी समेत दिएका छन् ।

क्याटेगोरी : सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com