ग्राण्डी र मेडिसिटीमा डोजर लाग्न सक्छ : विकास आयुक्त ढकाल


काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त जानुका ढकालले ग्राण्डी र मेडिसिटीमा डोजर लाग्न सक्ने संकेत गरेकी छिन् ।

खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल मेडिसिटी अस्पतालका संरचनामा डोजर लाग्ने उनको संकेत छ ।

बिष्णुमति नदी करिडोर अतिक्रमण गरेर बनेको ग्राण्डी अस्पतालको संरचना र ग्वार्को खोल करिडोर अतिक्रमण गरेर बनाइएको मेडिसिटी अस्पतालमा डोजर लाग्न सक्ने विकास आयुक्त ढकालको भनाइ छ ।

प्राधिकरणले काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ती, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गरी सो को जानकारी प्राधिकरणलाई गराउन सूचना जारी गरेको छ ।

प्राधिकरणको उक्त सूचना ग्राण्डी, मेडिसिटीजस्ता अस्पताल र भूमाफियाले हडपेको संरचना प्रति लक्षित देखिन्छ । पहिलो चरणमा धोबी खोला करिडोरबाट अतिक्रमण हटाइने विकास आयुक्त ढकालले जानकारी दिइन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com