पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई भारी पर्न सक्छन् यातायातका पूर्व हाकिम


काठमाडौं । प्रतिधिनिसभा महोत्तरी क्षेत्र नम्बर १ बाट लगागतर चुनाव जितिरहेका पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई यसपटक यातायात कार्यालयका प्रमुख चुनौती बनेका छन् ।

मधेश प्रदेश अन्तर्गतको यातायात कार्यालय बर्दिवासका प्रमुख रहेका पोषण थापाले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएसँगै पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई भारी यसपटक जित्नका लागि निकै भारी पर्ने देखिन्छ । २०६४ सालदेखि उक्त क्षेत्रबाट लगातार निर्वाचित पूर्व स्वास्थ्यमन्त्री पोखरेलको जितलाई यातायातका पूर्व हाकिम थापाले ब्रेक लगाइदिने सम्भावना बढेको चर्चा छ ।

महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा प्रल्हाद कुमार क्षेत्रीलाई निर्वाचित गराउने योजनाकार थापा पूर्व स्वास्थ्यमन्त्री पोखरेललाई हराएर प्रतिनिधिसभामा पुग्ने रणनीतिका साथ अगाडि बढेका छन् । सत्ता गठबन्धन र लोसपाका साझा उम्मेदवार माओवादी केन्द्रका नेता पोखरेललाई चुनौती दिने गरी बर्दिवास नगरपालिकाका मेयर क्षेत्रीको टिमले यातायात उपसचिव थापालाई राजीनामा गराएर मैदानमा खडा गरेको हो ।

कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेर बर्दिवास नगरपालिकाको मेयरमा निर्वाचित क्षेत्री आफू जस्तै थापालाई पनि चुनाव जिताउन लागिपरेका छन् । आफूलाई मेयरमा निर्वाचित गराउन विशेष भूमिका खेल्ने थापालाई सांसद बनाउन उनको टिम सक्रिय भएको छ । थापाको उम्मेदवारी पूर्व स्वास्थ्यमन्त्री पोखरेललाई भारी पर्नुको पछाडि बर्दिवासका मेयर क्षेत्रीको समर्थन पनि हो ।  यातायात कार्यालयको जागिर छाडेर थापा चुनाव होमिएपछि पोखरेलमाथि ठूलो चुनौती देखिएको छ ।

पूर्व स्वास्थ्यमन्त्रीहरुमा पोखरेलले यसपटक चुनाव जित्न निकै कसरत गर्नु पर्ने अवस्था आएको छ । चापाकल लिएर चुनावी मैदानमा खडा भएको थापा पोखरेललाई पराजित गर्ने योजनाका साथ चुनावी प्रचार-प्रसारमा लागेका छन् ।

पटकपटक स्वास्थ्य र शिक्षामन्त्री  बनेका पोखरेललाई बर्दिवासमा सरकारी मेडिकल कलेज स्थापन गर्न नसकेको आरोप लाग्दै आएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, #बर्दिवास नगरपालिकाको मेयरमा प्रल्हाद कुमार क्षेत्री, #यातायात कार्यालयका पूर्व प्रमुख पोषण थापा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com