पूर्व स्वास्थ्यमन्त्री रामजनमले रेशम चौधरीकी श्रीमती रञ्जितासँग चुनाव हारे


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीले रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठसँग भारी मत अन्तरले चुनाव हारेका छन् । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रञ्जिता १२ हजार ३ सय २३ मत अन्तरले पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई चुनाव हराएकी हुन् ।

नेपाली कांग्रेसका रामजनमले १८ हजार ८१ मत प्राप्त गर्दा रञ्जिताले ३० हजार ४ सय ४ मत ल्याएर विजयी भएकी हुन् ।

जेलमा रहेका रेशमको प्रभाव राम्रै देखिएको छ । नागरिक उन्मुक्ति पार्टी नयाँ दलका रुपमा उदाएको छ ।

रामजनम चौधरी विजय गच्छदारसँगै कांग्रेसमा आएका हुन् । उनी नागरिक उन्मुक्ति पार्टीकी रञ्जितासँग पराजित भएपछि कमजोर बनेका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी, #रञ्जिता श्रेष्ठ, #रेशम चौधरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com