अन्तर्राष्ट्रिय नारी दिवस विशेष

स्वास्थ्यमा सचिवसहित महत्त्वपूर्ण जिम्मेवारीमा नाैजवान महिला


काठमाडौं । आज अन्तर्राष्ट्रिय नारी दिवस हो । यो महिला अधिकारको वकालत गर्ने दिन पनि हो । नेपाल महिला अधिकार र समावेशीताका हिसाब निकै अगाडि देखिन्छ ।

महिला हरेक अधिकार र जिम्मेवारीमा सक्षम छन् भन्ने यो दिनले अनुभूत गराउँछ । नेपालको राष्ट्रपति नै विद्यादेवी भण्डारी महिला नै रहेकाले यो कुरामा थप टिप्पणी गरिरहनु परेन ।

स्वास्थ्य मन्त्रालयको सचिवसहित महत्त्वपूर्ण जिम्मेवारीमा महिला रहेका छन् । स्वास्थ्य सचिव देवकुमारी गुरागाईं, अतिरिक्त सचिव (प्रमुख विशेषज्ञ ) डा. संगिता कौशल मिश्रादेखि अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख यशाेधा अर्यालसम्म स्वास्थ्यको महत्त्वपूर्ण जिम्मेवारी रहेका छन् ।स्वास्थ्य तथा जनसंख्याको मन्त्रालय मातहतको जेसी शाखा प्रमुख राेशनी कार्की रहेकी छिन् ।

स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा प्रमुख गाेमादेवी निराैला र परिवार कल्याण महाशाखा अन्तर्गत परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखा प्रमुखमा कविता अर्याल छन् । केन्द्रीय प्रयाेगशाला प्रमुख डा. रुणा झा, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा उपप्रमुख डा.निस्ठा श्रेष्ठ, एचआईभी एड्स तथा याैनराेग नियन्त्रण महाशाखा प्रमुखको जिम्मेवारीमा डा. सुधा देवकाेटा रहेकी छिन् । उपचारात्मक सेवा महाशाखाकी डा पोमावती थापा मानन्धर छिन् ।

महिला नेतृत्वको हिसाबले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब्बल र अगाडि देखिन्छ । स्वास्थ्य सचिव, अतिरिक्त सचिव र महत्त्वपूर्ण महाशाखा प्रमुख महिला हुनुले स्वास्थ्यमा नारीहरुको महत्त्वपूर्ण उपस्थिति रहेको स्पष्ट हुन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #महिला, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य सचिव देवकुमारी गुरागाईं

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com