हरेक वर्ष ३ अर्ब खर्च हुँदैन तर, आमाको उपचार गर्न प्रसुतिलाई पैसा छैन


काठमाडौं । गर्भवती तथा सुत्केरी आमाहरूलाई स्वास्थ्य सेवा दिने देशको एक मात्रै सङ्घीय अस्पताल हो, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल । यस अस्पतालको वेड क्षमता ४ सय ८९ रहेको छ । सातै प्रदेशका हरेक जिल्लाबाट सेवा लिन आउँने भएकाले वेड क्षमता ज्यादै न्यून रहेको छ ।

नेपालमा उच्च रहेको मातृ तथा नवजात शिशु मृत्युदरमा कमी ल्याउने उद्देश्यले प्रसूति सेवालाई निःशुल्क रुपमा प्रदान गर्न कार्यक्रम ल्याइएको हो । तर, बजेटको अभावमा अस्पतालहरू पानी बिनाको माछा जस्तो भएका छन् । अझ सङ्घीय अस्पताल भएको नाताले परोपकार प्रसुती तथा स्त्री रोग अस्पताललाई बढी समस्या परेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या अस्पतालका अनुसार अघिल्लो वर्ष ३ अर्ब रुपैयाँ फ्रिज भएर गएको थियो । तर, उता प्रसुती गृहमा आमाहरूले लिने सेवामा रकम अभाव भएर नेतृत्व तड्पिरहेका थिए । अस्पतालका निर्देशक डा.पवनजंग रायमाझी चालु आर्थिक वर्षमा ४० करोड मन्त्रालयले दिएको बताउँछन् । तर, अस्पतालमा कर्मचारीले तलव खान पाएका छैनन् । अस्पताललाई ४० करोडले अचार पनि हुल्दैन । निर्देशक रायमाझिका अनुसार सरकारले तलवका लागि मात्रै पुग्ने रकम दिए अरु हामीलाई समस्या छैन । ६६ करोड रुपैयाँ बजेट भए राम्रोसँग अस्पताल चल्ने छ ।

आमा सुरक्षा कार्यक्रम र कोभिडले झन् अस्पतालप्रति नागरिकको भरोसा बढाएको छ । राज्यले छुट्याएको बजेट खर्च हुन नसकेर मन्त्रालय र विभागमा खेर जान्छ । तर, सेवा प्रदायक संस्थामा रकमको अभावले नागरिकले सास्ती खेप्नु परेको छ ।

हामीलाई ४२ करोड बजेट दिएको थियो । ६८ जनाको दरबन्दी रहेको प्रसुतीमा २० वटा नर्सिङ अझै खाली छ । ४० जना दरबन्दीका मात्रै स्वास्थ्यकर्मी राखेर अस्पताल चलाउँन सकिन्छ ? निर्देशक रायमाझिले उल्टै प्रश्न गरे ।

उनले भने, ‘जनताले आधारभूत सेवा पाउँनु पर्छ भनेर हामीले सेवालाई निरन्तरता दिन करारमा कर्मचारी राखेर धानेका छौं । विकास समितिमार्फत १२ करोड जति आफैले कमाएर बाँकी कर्मचारी पाल्नु परेको छ ।’

अधिकारीहरू भन्छन्, ‘रहरले कर्मचारी करारमा राखेर चलाएको हैन । भुई मान्छेले गुणस्तरीय स्वास्थ्य सेवा पाउँनु पर्छ उनिहरूको त्यो अधिकार हो भनेर करारमा कर्मचारी राखेर भएपनि सेवा दिएका हौं ।’

जम्मा २२ प्रतिशत मात्रै खर्च भएको छ । तर, अत्यावश्यक सेवा प्रवाह गरेको प्रसुती अस्पतालमा बजेटको चरम अभाव छ । जनतालाई निःशुल्क सेवा दिएको अस्पतालमा आवश्यक बजेट दिँदा आकाश झर्दैन । जति लगानी बढाउँन सक्यो नागरिकले त्यतिनै मात्रामा स्वास्थ्य सेवा पाउँने हुन् ।

हामीलाई कर्मचारी व्यवस्थापनका लागि मात्रै बजेट दिएपनि हुन्छ । अस्पतालको माग ठूलो होइन । कुल ६६ करोड बजेट भए हामीलाई समस्या हँुदैन । प्रसुती गृहमा ओपिडीमा ८० जना दैनिक डेलिभरी र ३० वटा शल्यक्रियाको माध्यमबाट बच्चा जन्माइन्छ । २० जना आउँनै मान्दैनन् ।

‘जहाँ खर्च हुन्छ त्यहाँ लगानी बढाउँ, हामीलाई उपकरणहरू दिनु पर्दैन । हाम्रा कर्मचारीको सहि रुपमा व्यवस्थापन भए समस्या सबै समाधान हुन्छ,’ डा रायमाझी भन्छन् । अस्पताल सञ्चालन मापदण्ड अनुसार ३ सय ५० नर्स अपुग देखिएको छ । ४ सय ८९ बेड सञ्चालनमा छन् । ५ सय वेडको अस्पताल हो । वेड समेत अपुग छ । वेड थपेर हुने केही हैन । स्पेशनै सकिएको छ । भएका बेड समेत स्थान अभावले खादाखाद गरेर राखिएको छ । सेवा लिन आएका कुनै पनि बिरामी फिर्ता पठाउँन मिल्दैन ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com