स्वास्थ्यमा जस्तै निजामतीमा पनि ६० वर्ष जागिर खान पाइने


काठमाडौं । स्वास्थ्य सेवाका कर्मचारी जस्तै निजामती सेवाका कर्मचारीले पनि ६० वर्ष जागिर खान पाउने भएका छन् ।

सरकारले स्वास्थ्य सेवा ऐनमा भएको कर्मचारी अवकाशको उमेर हदलाई सबै सेवामा लागू गर्ने तयारी गरेपछि निजामती सेवाका कर्मचारीले पनि ६० वर्षसम्म जागिर खान पाउने भएका हुन् । तर, उक्त व्यवस्था स्वास्थ्य सेवाबाहेकका कर्मचारीको हकमा २०८० साल असार मसान्तदेखि मात्र लागू हुने उल्लेख छ ।

प्रस्तावित संघीय निजामती सेवा विधेयकमा कर्मचारीको अवकाश हुने उमेर हद ६० वर्ष पुर्‍याउन लागिएको हो । अहिले ५८ वर्षको उमेरमा कर्मचारीले अनिवार्य अवकाश पाउँदै आएको थिएँ । उक्त विधेयकमा भने ६० वर्ष पुर्‍याउन प्रस्ताव गरिएको छ ।

सरकारले प्रस्तावित संघीय निजामती सेवा विधेयकमा प्रायजसो कुरा स्वास्थ्य सेवा ऐनमा अहिले भएको व्यवस्थालाई नक्कल गरेको देखिन्छ । तहगत प्रणालीदेखि उमेर हदसम्मको व्यवस्था हेर्दा प्रस्तावित संघीय निजामती सेवा विधेयक स्वास्थ्य सेवाबाट प्रभावित भएको स्पष्ट हुन्छ । स्वास्थ्य सेवालाई अनुसरण गर्दै प्रस्ताव गरिएको संघीय निजामती सेवा विधेयक संघीय संसदको चालू अधिवेशनमा पेश गर्ने तयारी छ । यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीव्र तयारी गरिरहेको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #उमेर हद ६० वर्ष, #प्रस्तावित संघीय निजामती सेवा विधेयक, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com