कोभिड सङ्क्रमित यशोधासँग ‘क्लोज कन्ट्याक’ मा रहेकी स्वास्थ्य सचिव गुरागाईं बिना परीक्षण अमेरिका उड्दै !


काठमाडौं । कोभिड-१९ सङ्क्रमित यशोधा अर्यालसँग ‘क्लोज कन्ट्याक’ मा रहेकी स्वास्थ्य सचिव देवकुमारी गुरागाईं परीक्षण नै नगरी अमेरिका उड्ने तयारीमा रहेको पाइएको छ ।

अमेरिकामा हुने बालबालिका सम्बन्धी कार्यक्रममा सहभागी हुन आज राति स्वास्थ्य सचिव गुरागाईंको टोली अमेरिका उड्न लागेको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख यशोधा अर्याललाई कोभिड-१९ पोजेटिभ देखिएको छ । उनी अहिले घरमै आराम गरिरहेकी छिन् ।

कोभिड सङ्क्रमित यसाेधासँग क्लोज कन्ट्याकमा रहेकी स्वास्थ्य सचिव गुरागाईं भने कोभिड-१९ को परीक्षण नै नगरी आज अमेरिका उड्न लागेकी हुन् । कोभिड-१९ परिक्षण गर्दा अमेरिका  जान पाउँदिन भनेर उनले परीक्षण नगराएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू सुनाउँछन ।

यता स्वास्थ्य सचिव गुरागाईं भने आफूले कोभिड-१९ को परीक्षण गरिसकेको दाबी गर्छिन् । कोभिड-१९ परीक्षण गर्दा नगेटेभि आएको उनको भनाइ छ । यशोदा जी र म शुक्रवारसँगै थियौं उहाँलाई कोभिड भएछ म आजै अमेरिका उड्न लागेको क्या बोर भयो ।’, स्वास्थ्य सचिव गुरागाईंले भनिन् ।

अमेरिकामा हुने बालबालिकाको हेरचार र स्वास्थ्य सम्बन्धी कार्यक्रममा भाग लिन अमेरिका जान लागेको सचिव गुरागाईंको प्रतिक्रिया छ । स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख र कान्ति बाल अस्पतालका प्रतिनिधिसहित अमेरिका जान लागेको उनले जानकारी दिइन् । कोभिड बढेकाले सबै सतर्क हुनुपर्ने सचिव गुरागाईंको सुझाव छ ।

स्वास्थ्य सचिव गुरागाईंले कोभिड-१९ को परीक्षण गरेको र रिपोर्ट नेगेटिभ आएको दाबी गरेपछि उनको दाबी पत्याइहाल्ने खालको छैन । सचिव गुरागाईं दिउँसो कतै नगएको र अमेरिका उड्न पाउँदिन भनेर स्वास्थ्य मन्त्रालयका अधिकारीसँग भनेकाले उनको दाबी शङ्कास्पद छ । विवादमा आउने डरले सचिव गुरागाईंले नक्कली रिपोर्ट बनाए आश्चर्य मान्न नहुने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको टिप्पणी छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अमेरिका, #यशोधा अर्याल कोभिड, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य सचिव देवकुमारी गुरागाईं

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com