२ महिना पछाडि स्वास्थ्य मन्त्रालयले राजनीतिक नेतृत्व पाउँदै


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ महिना पछाडि आज नेतृत्व पाउने भएको छ ।

गत फागुन १५ गते स्वास्थ्यमन्त्री पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएपछि स्वास्थ्यले राजनीतिक नेतृत्व पाउन सकेको थिएन । दुई महिना बितिसकेपछि आज मोहनबहादुर बस्नेतले स्वास्थ्यमन्त्रीको रुपमा सपथ खाने भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजे स्वास्थ्यमन्त्री बस्नेतसहित कानुनमन्त्रीमा धनराज गुरुङ र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बूलाई सपथ खुवाउने कार्यतालिका रहेको छ ।

कांग्रेसबाट थपिएका ३ मन्त्रीले आजै कार्यभार सम्हाल्ने छन् ।बस्नेत पूर्व स्वास्थ्यराज्यमन्त्री समेत रहिसकेकाले उनका लागि स्वास्थ्य मन्त्रालय नौलो भने होइन ।

क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com