स्वास्थ्यमन्त्री बस्नेतको छड्केमा अधिकांश कर्मचारी अनुपस्थित


काठमाडौं । जोशिला र हक्की स्वभावका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत सोमबार बिहानै जोशमा देखिए । उनको जोशले स्वास्थ्य मन्त्रालयका कामचोर कर्मचारीहरुको होस उडेको छ ।

स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेको १ हप्ता नपुग्दै बिहान १० बजे नै स्वास्थ्यमन्त्री बस्नेत मन्त्रालय पुगेर छड्के हानेका छन् । उनको छड्केमा दर्जन बढी स्वास्थ्यका कर्मचारीहरु परेका हुन् ।

स्वास्थ्यमन्त्री बस्नेतले बिहान १० बजे मन्त्रालयमा छड्के हान्दा दर्जन बढी कर्मचारी फेला परेनन् ।  कार्यलय समयमा उपसचिवदेखि केही उच्च तहका कर्मचारी समेत कुर्सीमा भेटिएनन् ।

स्वास्थ्य मन्त्रालयका सचिवहरू भने १० बजे नै मन्त्रालय पुगेका थिए । उक्त समयमा केन्द्रीय कारागार अस्पतालमा भेटिनु पर्ने डा. प्रकाश बुढाथोकी स्वास्थ्य मन्त्रालयमा देखिए ।

स्वास्थ्य मन्त्रालयका अधिकांश कर्मचारीहरू १० बजे नै कार्यालय नपुग्ने रहेछन् भनेर स्वास्थ्यमन्त्री बस्नेतले महसुस गरे होलान् !

१० बजे कार्यालय नपुग्ने कर्मचारीहरू प्रत्येक शुक्रबार बिहान १० बजे १० मिनेट अभियानमा कसरी सहभागी होलान् भन्ने प्रश्न उठेको छ । स्वास्थ्यमन्त्री बस्नेतले बेला-बेलामा स्वास्थ्य मन्त्रालय, विभाग र मातहतका कार्यालयमा छड्के हान्न जरूरी देखिन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com