स्वास्थ्यको पुँजीगत खर्च २० प्रतिशत मात्रै


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट कटौती भएको विरोध भइरहँदा पुँजीगत खर्च २० प्रतिशत मात्रै देखिएको छ ।

आर्थिक वर्ष समाप्त हुनै लाग्दा पुँजीगत खर्चका हिसाबले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निकै कमजोर देखिएको छ ।

स्वास्थ्यको बजेट कटौती गर्नु हुन्न भन्ने तर्क दिनेलाई पनि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले स्वास्थ्यसँग खर्च गर्ने क्षमता छैन भनेर जवाफ दिने गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्यको बजेट सिलिङ करिब साढे ४१ अर्ब रुपैयाँ मात्र छ । योजना आयोगले स्वास्थ्यको  बजेट चालू आर्थिक वर्षकोभन्दा झन्डै ४० प्रतिशतले कटौती गरिदिएको छ । चालू आर्थिक वर्षभन्दा २८ अर्ब कम बजेट आगामी आर्थिक वर्षमा स्वास्थ्यले पाउने भएको हो ।

चालू आर्थिक वर्षको अन्त्यमा पनि २० प्रतिशत मात्र पुँजीगत खर्च हुँदा योजना आयोगलाई ४० प्रतिशत बजेट कटौती गर्ने बाहना बन्यो । राष्ट्रिय योजना आयोगका स्वास्थ्य हेर्ने सदस्य डा. आरपी बिच्छाले स्वास्थ्यको पुँजीगत खर्च २० प्रतिशत मात्र रहेको पुष्टि गरे । स्वास्थ्यको खर्च गर्ने क्षमता कमजोर भएकाले उनलाई पनि स्वास्थ्यको बजेट भारी कटौतीमा रोक लगाउन र लबिइङ गर्न समस्या परेको देखिन्छ ।

आगामी आर्थिक वर्षमा स्वास्थ्यमा बजेट बढाउने हो भने पुँजीगत खर्च गर्ने क्षमता बढाउन जरुरी छ । नत्र झन स्वास्थ्य मन्त्रालय बजेट कटौतीको मारमा पर्ने निश्चित छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #कमजोर खर्च गर्ने क्षमता, #बजेट कटौती, #राष्ट्रिय योजना आयोग, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com