स्वास्थ्यको बजेट चालू आवभन्दा १४ अर्बले बढ्यो


काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट झन्डै ८४ अर्ब पुर्‍याएको छ ।

अर्थमन्त्री प्रकाशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ रु. ८३ अर्ब ९९ करोड विनियोजन गरेको जानकारी दिए । यो भनेको चालू आर्थिक वर्षकोभन्दा १४ अर्बले बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि चालू आवमा ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। प्रदेशतर्फ ६ अर्ब २६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरिएको थियो । यो पटक योजना आयोगले स्वास्थ्यको बजेटको सिलिङ घटाइदिए पनि अर्थले बढाएको हो ।

सरकारले स्वास्थ्य क्षेत्रमा महत्त्वकांक्षी बजेट ल्याएको छ । स्वास्थ्यको खर्च गर्ने क्षमता नभएपनि अर्थले बजेट बढाएर दिएको हो ।

 

क्याटेगोरी : समाचार
ट्याग : #अर्थमन्त्री प्रकाशशरण महत, #बजेट भाषण, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com