स्वास्थ्यका निकाय अख्तियारको निगरानीमा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यका निकायहरुलाई उच्च निगरानीमा राखेको छ । अख्तियार उच्च स्रोतका अनुसार स्वास्थ्य क्षेत्रमा अनियमितता हुने गरेको व्यापक उजुरी आउन थालेपछि अख्तियारले निगरानी बढाएको हो ।

‘कतिपय स्वास्थ्य संस्थाका संरचना निर्माण गर्दा आर्थिक चलखेल भएको कुरा आएको छ’ अख्तियार स्रोतले स्वास्थ्य लाइभसँग भन्यो, ‘यी विषयलाई मध्यनजर गर्दै अख्तियारले निगरानी बढाएको हो ।’,

असार महिनामा भुक्तानी सम्पन्न गर्नुपर्ने भएकाले अख्तियार अहिले जागेको छ । सरकारी कर्मचारीहरू भटाभट रंगेहात समातिन थालेका छन् । स्वास्थ्य क्षेत्रमा पनि अख्तियार पसिसकेको पाइन्छ । मुलुकभर स्वास्थ्य संस्थाका भवनहरू निर्माणाधीन अवस्थामा रहेकाले यता हुने आर्थिक लेनदेनमा अख्तिनारको चासो देखिन्छ । अख्तियारले असार महिनामा रंगेहात समात्ने गर्दै आएको छ । यो वर्ष पनि त्यसलाई निरन्तरता दिने अख्तियार नीति रहेको देखिन्छ ।

स्वास्थ्यका कर्मचारीहरु घुस लेनदेन नगरी जोगिएर काम नगर्ने हो भने अख्तियारको फन्दामा पर्ने निश्चित छ । अख्तियार जागेको बेला स्वास्थ्य क्षेत्रका भ्रष्टाचारीहरु ठेगान लाग्ने सम्भावना बढेर गएको छ । यसले स्वास्थ्य क्षेत्रको सुधारमा महत्त्वपूर्ण योगदान दिन सक्छ ।

स्वास्थ्य क्षेत्रमा हुँदै आएका भ्रष्टाचार नियन्त्रणमा अख्तियारले यसरी नै निरन्तर सक्रियता देखाउँदै आउनु पर्ने आम नागरिकको चाहना छ । उक्त मर्मलाई आत्मसात् गर्दै अख्तियारले काम गर्न खोजेको देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com