स्वास्थ्यमा एक सचिव दरबन्दी कहिले कटौती होला ?


काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित २ जना सचिव रहेका मन्त्रालयमा एउटा सचिवको दरबन्दी कटौती गर्ने तयारी थालेको छ । त्यसको सुरुवात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सुरू भएको हो ।

स्वास्थ्य सचिवको समेत भूमिका निर्वाह गरिसकेका यादव कोइराला सचिवबाट घर गएसँगै उनको दरबन्दी कटौती गरिएको छ । उनको दरबन्दी नकाटिएको भए अहिले जेष्ठताका आधारमा लक्ष्मी कुमारी बस्नेतको सचिवमा बढुवा भइसक्थ्यो । त्यसपछि चीनको छेन्दुस्थित महावाणिज्यदूत दिनेशकुमार घिमिरे सचिव बढुवाको तरखरमा हुने थिए । तर, यादव कोइराला अवकाश भएपछि प्रधानमन्त्री कार्यालयमा एक सचिवको दरबन्दी कटौती गरेर घिमिरेको ‘फेभर’ काम गरेको बताइन्छ । अब रामप्रसाद थपलियाको ठाउँमा बस्नेतको बढुवा हुनेछ ।

घिमिरेको सचिवमा बढुवा भदौ ४ गते गोपीकृष्ण खनाल घर गएपछि हुनेछ । खनालको ठाउँमा घिमिरे नै बढुवा हुने ग्यारेन्टी छैन । किनकी राधिका अर्याल पनि सचिव बढुवाको लाइनमा रहेका उनी अगाडि बढ्ने सम्भावना छ । त्यस्तो अवस्थामा कार्तिक १७ गते घर जान लागेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको ठाउँमा घिमिरेको बढुवा हुने छ । तर, स्वास्थ्य मन्त्रालयसहित २ सचिवको दरबन्दी रहेका मन्त्रालयमा सचिवको दरबन्दी कटौती हुने सम्भावना बढेकाले लक्ष्मी बस्नेत पछाडि बढुवा हुने सचिव निकै पछाडि धकेलिने सम्भावना छ ।

स्वास्थ्यको प्रशासन तर्फको १ सचिव प्रशासन तर्फका २ सचिव रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालयसहितका निकायमा सचिवको दरबन्दी गर्ने गृहकार्य भइरहेकाले उक्त सम्भावना रहेको हो । प्राविधिक मन्त्रालयको हकमा पनि उक्त नीति लागू हुने देखिन्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले प्रधानमन्त्री कार्यालयसहित दुई सचिवको दरबन्दी रहेको ठाउँमा एक सचिवको दरबन्दी कटौती गर्न सुझाव दिएको थियो । उक्त सुझाव कार्यान्वयन गर्न सरकार तातेको हो । प्रधानमन्त्री कार्यालयबाट सचिवको दरबन्दी कटौती गर्ने अभियान चलाएको सरकारले स्वास्थ्यमा के गर्छ हेर्न बाँकी छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## सचिव, #दरबन्दी कटौती, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com