सचिव फेरिएसँगै स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने एजेण्डा सेलायो


काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यको सरुवा भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारभित्र सार्ने एजेण्डा सेलाएको छ । स्वास्थ्य मन्त्रालयलाई सिंहदरबारभित्र सार्ने खाका तयार पारेका सचिव आचार्यको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएसँगै उक्त एजेण्डा सेलाएको हो ।

सचिव आचार्यले रामशाहपथमा रहेको सिंहदरबार संघीय संसद सचिवालयको भवनमा स्थान्तरण गर्ने गरी प्रस्ताव तयार पारेका थिए । उनको ठाउँमा रविन्द्रनाथ श्रेष्ठ आएसँगै स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने एजेण्डा सेलाएको पाइएको छ । सहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियार स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने विषय अहिले छलफलमा नरहेको सुनाउँछन् ।

सचिव आचार्यले स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने प्रस्ताव नै तयार पारेका थिए । उक्त प्रस्ताव तुहिएको पाइएको छ । सिंहदरबार बाहिर रहेको एकमात्र संघीय स्वास्थ्य मन्त्रालय अझै एक/डेढ वर्ष सिंहदरबारभित्र सर्ने छाँटकाँट देखिन्न । स्वास्थ्य मन्त्रालयको नेतृत्व एकपछि अर्को विवादमा मुछिदा स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने विषय छायाँमा परेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले यो विषयमा खासै चासो दिएको पाइँदैन । कांग्रेस पार्टीभित्र सहरी विकासमन्त्री कांग्रेसकै सीता गुरुङ छिन् । स्वास्थ्यमन्त्री बस्नेत र सहरी विकासमन्त्री गुरुङ एउटै गुटका समेत हुन् । तर, यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने एजेण्डा तुहिनु लाजमर्दो विषय भएको टिप्पणी हुन् थालेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com