स्वास्थ्यमा रजगज गरिरहेका उपसचिव अधिकारीको सरूवा, पुगे कर्णालीको स्थानीय तह


काठमाडौं । ४ वर्ष अगाडिदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रजगज गरिरहेका उपसचिव सानुबाबु अधिकारीको सरुवा भएको छ । उनको सरुवा कर्णाली प्रदेशको स्थानीय तहमा भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका उपसचिव अधिकारीलाई सल्यानको शारदा नगरपालिकामा पठाएको छ । सामान्यले ३ वर्ष बढी अवधि एउटै ठाउँमा बसेको भनेर उनलाई स्वास्थ्यबाट शारदा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको हो ।

सामान्य प्रशासनले ३ वर्ष बढी एउटै निकायमा रजगज गर्ने १४ उपसचिवलाई सरुवा गरेको छ ।  ८ जना शाखा अधिकृत पनि उक्त सरुवा सूचीमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेर रजाइँ गरिरहेका उपसचिव अधिकारीलाई सामान्यले कर्णालीको स्थानीय तहमा हत्याएको हो ।

स्वास्थ्यमा हुँदा उपसचिव अधिकारीले अनधिकृत गाडी सुविधा लिएर रजाइँ गरिरहेका थिए । यो विषय स्वास्थ्य लाइभले पटकपटक सार्वजनिक गर्दै आएको थियो । उनले बा १ झ १९७६ नम्बरको फोर्ड कम्पनीको कार लिएर हिँड्ने गरेका छन् ।

एनपीएचएलको गाडीमा उपसचिव अधिकारीको रजाइँ चलिरहेको छ । स्वास्थ्य मन्त्रालयमा प्रशासन सेवाको सबैभन्दा लामो समय रजगज गर्नेमा उनी पर्छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #उपसचिव सानुबाबु अधिकारी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com