ओम्नी घोटालामा संलग्नमाथि कारबाही होला त ?


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओम्नी काण्डको फायल खोल्ने तयारी गरेको छ । अख्तियार स्रोतका अनुसार कोरोनाकालमा मेडिकल सामग्री खरिद घोटालामा जोडिएको ओम्नीको फायल खोल्ने तयारी भइरहेको छ । यसले तत्कालीन स्वास्थ्य भानुभक्त ढकाल, महेन्द्र श्रेष्ठलगायतका उच्च अधिकारीहरुको संलग्नता रहेको उक्त काण्डमा अहिलेसम्म अनुसन्धान हुन सकेको छैन ।

संसदको सार्वजनिक लेखा समितिले ओम्नी काण्डमा मुछिएका पदाधिकारीलाई कारबाहीका लागि सिफारिस गरेको थियो । उक्त सिफारिस अख्तियारमा पुगिसकेको छ । यो विषयलाई अख्तियारले अगाडि बढाउने कसरत गरेको हो ।

ललिता निवास बालुवाटार काण्ड, १ क्विन्टल सुन काण्ड, नक्कली भुटानी शरणार्थी काण्डलगायतका फायल खोलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई ओम्नी काण्डको फायल खोल्न दबाव छ । ओम्नी र यती काण्ड छानबिन गर्नुपर्नेमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूको एकमुख देखिन्छ । यो विषयलाई अगाडि बढाउन दुबै दल लागिपरेका छन् । यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि आफ्नो तयारी थालेको हो ।

ओम्नी काण्डको नीतिगत पाटोबाट अनुसन्धान हुँदा तत्कालीन उपप्रधानमन्त्री इश्वर पोखरेल पनि तानिने निश्चित छ । सर्वोच्च अदालतले बालुवाटार काण्डमा तत्कालीन प्रधानमन्त्रीसहित निर्णय प्रक्रियामा संलग्न व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएसँगै ओम्नी काण्डमा पनि भुइँचालो जाने देखिन्छ । यो फायल अख्तियारले पहिला खोल्छ की सरकारले हेर्न बाँकी छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #ओम्नी काण्ड, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com