वीपी प्रतिष्ठानमा मेयर हर्कले लगाएको ताला खोलियो


काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लगाएको ताला खोलिएको छ । उच्च अदालत विराटनगर र जिल्ला प्रशासन कार्यालय, सुनसरीकोको आदेशसँगै हर्कले लगाएको ताला आफैंले खोलेका हुन् ।

कार्यकारिणी समितिको बैठकको विषयलाई लिएर मेयर साम्पाङले कायममुकायम उपकुलपति डा. प्रल्हाद कार्कीको कार्यकक्षमा तालाबन्दी गरेका थिए । उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई पत्रचार गर्दै डा. कार्कीलाई धरान पठाउन आग्रह समेत गरेका थिए । प्रतिष्ठानमा तालाबन्दी गरेपछि मेयर साम्पाङको आलोचना समेत हुँदै आएको छ । तर, उच्च अदालत विराटनगरले अस्पताल जस्तो क्षेत्रमा तालाबन्दी नगर्न, नगराउन अन्तरिम आदेश दिएसँगै ताला खोलिएको हो ।

यता वीपी प्रतिष्ठानमा बढुवाको विषयलाई लिएर भइरहेको आन्दोलन अझै जारी छ । चिकित्सक, कर्मचारी, शिक्षकलगायतको आन्दोलन जारी रहँदा बिरामीले सास्ती खेप्नु परेको हो । यो विषयले वीपी प्रतिष्ठानको हालत झन् दयनिय बन्दै गएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com