दुर्गा प्रसाईको बिएण्डसीलाई डाक्टर पढाउन सर्वोच्चले बाटो खोल्यो


काठमाडौं ।  झापाको बिर्तामोडस्थित दुर्गा प्रसाईको बिएण्डसी मेडिकल कलेजलाई डाक्टर पढाउन सर्वोच्चले बाटो खोलेको छ । सर्वोच्च अदालतको संयुक्त इजलासले बिएण्डसीलाई सम्बन्धन दिन आदेश दिएको हो ।

न्यायाधीश कुमार चुडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रसाईको पक्षमा आदेश दिएको छ । काठमाडौं विश्वविद्यालयलाई विपक्षी बनाएर प्रसाईले हालेको रिट जारी भएको हो । यो आदेशसँगै काठमाडौं विश्वविद्यालयबाट बिएण्डसीले डाक्टर पढाउन अनुमतिका लागि बाटो खुला भएको छ ।

काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाउनका लागि प्रसाईले हालेको रिट जारी भएपछि बिएण्डसीले  डाक्टर पढाउन पाउने पाउने भएको हो । अब विश्वविद्यालयले के गर्छ हेर्न बाँकी छ । ‘प्रसाईले जे मागेको हो त्यो आदेश दिइएको छ । फैसलाको पूर्णपाठ आएपछि थप भन्न सकिन्छ ।’,  सर्वोच्च प्रशासनले स्वास्थ्य लाइभसँग भन्यो ।

बिएण्डसीविरुद्ध शशीबिक्रम कार्कीले हालेको रिटमा भने सर्वोच्चले कानुन बमोजिम गर्नु भनेर आदेश दिएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com