अवकाश भए शिक्षा सचिव अधिकारी, डा. हरि लम्सालको शिक्षामा चर्चा


काठमाडौं । ५ वर्षे सेवा अवधिका कारण शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले अनिवार्य अवकाश पाएका छन् । २०७६ बैशाख १७ गते नेपाल सरकारको सचिवमा बढुवा भएका अधिकारी आज शिक्षा मन्त्रालयको सचिवबाट बिदाइ भएका हुन् ।

कोशी प्रदेशको प्रमुख सचिव, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै अधिकारी शिक्षामा पुगेका थिए । उनी कोशी प्रदेशको लोकसेवा आयोग अध्यक्ष बन्ने सम्भावना छ । शिक्षा सचिवमा भने सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा. हरि लम्साल आउने चर्चा छ । कर्णालीका प्रमुख सचिव चूडामणि पौडेल पनि शिक्षामा आउन जोडबल गरिरहेका सुनिन्छ । उनको ठाउँमा रिक्त सचिव पदमा भने मधेश प्रदेशका कामु प्रमुख सचिव लोकनाथ पौड्याल र बागमतीका कामु प्रमुख सचिव गोबिन्दबहादुर कार्कीमध्ये एक जना बढुवा हुनेछन् ।

शिक्षामन्त्री सुमना श्रेष्ठसँग काम गर्न असहज हुने भन्दै वरिष्ठ सचिवहरु शिक्षामा जान मानिरहेका छैनन् । शिक्षा सचिव अधिकारीसहित सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थी र नायब महान्यायाधिवक्ता विश्वराज कोइराला पनि सेवाबाट निवृत्त भएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. हरि लम्साल, #सचिव सुरेश अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com