विद्यालय र सामुदायिक नर्सलाई सम्मान


काठमाडौं ।  आफ्नो सेवा प्रति बफादार भएको भन्दै नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले ७ जना विद्यालय र १ जना सामुदायिक नर्सलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसको उपलक्ष्यमा ६ प्रदेशका ७ जना विद्यालय नर्स र १ जना सामुदायिक नर्सलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।

बाग्मती प्रदेश बाहेक २५ स्थानीय तहका २ सय २७ विद्यालयमा नर्स राखिएको छ । यता सामुदायिक स्वास्थ्य तथा घर दैलो नर्सिङ कार्यक्रम अन्तर्गत ४ स्थानीय तहमा १ जनाका दरले ४ जना राखिएको छ । महाशाखाका अनुसार सामुदायिक नर्स बर्दिबास, भक्तपुर, चन्द्रागिरी र वालिङ नगरपालिकामा राखिएको छ । 

महाशाखाले बिभिन्न ५ वटा मापदण्ड तयार पारेर उत्कृष्टका आधारमा सम्मान गरेको जनाएको छ । सम्मानित भएका नर्सहरूले आफ्नो सेवाको अनुभव सुनाएका थिए । उनीहरूले विगतमा विद्यालय नर्सलाई हेर्ने नजर फरक भएपनि अहिले पूर्णरुपमा परिवर्तन भएको बताएका छन् ।

विद्यालय नर्सकै माध्यमबाट धेरै रोगहरूलाई जराबाटै निमूर्ल पार्न पनि सफल भएको उनीहरूको बुझाई छ । सरसफाइ र खाने कुरामा पनि व्यापक परिवर्तन आएको सम्मानित नर्सहरूले बताएका छन् । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ