प्रधानमन्त्री दाहाल लोकतान्त्र सिध्याउने खेलमा लागेको उपेन्द्रको अरोप


काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि लोकतान्त्र सिध्याउन लागिरहेको आरोप लगाएका छन् । मोरङमा आयोजित एक कार्यक्रमका बोल्दै उनले प्रधानमन्त्री प्रचण्डमाथि यस्तो अरोप लगाएका हुन् ।

पार्टी फुटबाट विक्षिप्त बनेका जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवले प्रधानमन्त्री प्रचण्डतर्फ लक्षित गर्दै राज्य शक्तिको दुरुपयोग गरेर आफ्नो पार्टी फुटाएको आरोप लगाए । आफू देशमा नहुँदा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका व्यक्ति नै चोइटिएर गएको प्रशंग उठाउँदै उनी प्रधानमन्त्री विरुद्ध खनिए । प्रधानमन्त्री आफैं भन्दै हुनुहुन्छ सरकार टिकाउनका लागि जसपालाई फुटाएँ, जे पनि गर्छु भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति प्रति यादवले आपत्ति प्रकट गरे । ‘प्रधानमन्त्रीले जे गरेर पनि सत्ता टिकाउने र राज्यको शक्ति र स्राेतलाई दुरुपयोग गरेर पार्टी फुटाउने कार्य भनेकाे लाेकतन्त्रलाई सिध्याउने अभ्यास हाे, लाेकतन्त्रलाई सिध्याउने खेल राज्यबाट भइरहेको छ ।’, उनले भने

मार्सल लगाएर संसद चलाएको भन्दै पूर्व स्वास्थ्यमन्त्री यादवले संसदीय व्यवस्था नै असफल भइसकेको दाबी गरे ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ