गुणस्तरहीन पिउने पानी बेचेर उपभोक्ताको जनस्वास्थ्यमा खेलबाड नगर्न महानगरको अनुरोध


काठमाडौं । गुणस्तरहीन पिउने पानी बेचेर उपभोक्ताको जनस्वास्थ्यमा खेलबाड नगर्न काठमाडौं महानगरपालिका अनुरोध गरेको छ । महानगरभित्र विभिन्न पसलहरुमा पिउने प्रयोजन र बिक्रीका लागि राखिएको जार तथा बोतलहरु कुचिएका, टुटेफुटेका, लेउ लागेका, मूल्य र उत्पादन मिति उल्लेख नभएका साथै राम्रोसँग सिल समेत नगरिएको भन्ने जनगुनासोप्रति काठमाडौं महानगरपालिकाल गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । आम नागरिक (उपभोक्ता)हरुले स्वास्थ्यमा खेलबाड हुन सक्ने क्रियाकलापको नियन्त्रणका लागि प्रशोधित पानीको उद्योगी तथा व्यवसायीहरु एवं काठमाडौं महानगरपालिकाबच सहकार्य को आवश्यकता औँल्याएको छ ।

काठमाडौं महानगरपालिकाले ‘प्रशोधित पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका, २०७४’ मा तोकिएको मापदण्ड पूरा गरेर मात्र पानी ढुवानी तथा बिक्रीवितरणको प्रबन्ध मिलाउन समेत सम्बन्धित सबैमा अनुरोध गरेको छ । मापदण्डले तोके बमोजिम भए-नभएको निरीक्षण गर्ने महानगरपालिकाको कार्यक्रम रहेकाले सबैलाई सहयोगका लागि अपिल गरिएको हो । त्यसका लागि काठमाडौं महानगरपालिकाको निःशुल्क टेलिफोन नं. १६६००१०५५११ वा ११८० मा कल गरेर गुनासो टिपाए गुनासो सम्बोधन गर्न तत्काल अनुगमन गर्ने महानगरले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com