नेपाली वैज्ञानिक धिमाल विश्व स्वास्थ्य संस्थाकाे सल्लाहकार नियुक्त


काठमाडौं । नेपालका एक वैज्ञानिक डाक्टर मेघनाथ धिमाल विश्व स्वास्थ्य संस्थाकाे प्राविधिक सल्लाहकारमा नियुक्त भएका छन् । वातावरणीय क्षेत्रमा अब्बल मानिएका वैज्ञानिक धिमाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा कार्यारत छन् ।

धिमालका अनुसार डब्लूएचओको गैर संक्रामक रोगहरूको रोकथाम र नियन्त्रणमा रणनीतिक र प्राविधिक सल्लाहकार समूह (STAG-NCD)को विज्ञ सदस्यमा नियुक्त भएका हुन् । डा. धिमालसँग वातावरणीय स्वास्थ्य, जलवायु परिवर्तनको अनुसन्धान क्षेत्रमा लामाे अनुभव छ ।

दर्जनभन्दा बढी वैज्ञानिक अवार्ड र पुरस्कार पाएका वैज्ञानिक धिमाल अन्तर्राष्ट्रिय विज्ञान परिषदको सदस्यको रूपमा नेपालबाट चयन हुने पहिलो फेलो हुन् । आफुलाइ बरिस्ठ वैज्ञानिक सम्झनेहरु अन्तर्राष्ट्रिय समुदाय र धिमालका अगाडि उत्तानो परेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ