स्वास्थ्यमा सरुवा

संजय ठाकुर वीर फिर्ता, कर्मचारी प्रशासनमा रेवती, रुद्र मरासिनी ट्रमाको  मेसु


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले पहिलो चरणको सरुवा गरेका छन् । केही शाखा प्रमुख, महाशाखा प्रमुख र अस्पतालको मेसु परिवर्तन गरेका छन् । सिनो झै गन्हाएका एड्स तथा यौनरोग नियन्त्रण शाखाका निर्देशक डा संजय ठाकुरको वीर अस्पतालमा काज फिर्ता गराएका छन् । उनको कार्यकाल भ्रष्ट र विवादीत मात्रै छ ।

माधव कुमार नेपालको नाम बेचेर ब्लाकमेलिङ गर्दै आएका ठाकुरको सरुवाले स्वास्थ्य क्षेत्रमा खुसीयाली छाएको छ । त्यस्तै सुरु देखी आफुलाई हटाउँन सल्लाह दिदै आएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र प्रसाद मरासिनीको राष्ट्रिय ट्रमा सेन्टरमा सरुवा भएको छ । उनलाई त्यहाँको निर्देशक बनाइएको छ ।

यता शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको निर्देशकमा डा रोशन न्यौपानेलाई ल्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन सचिव मधुसुदन बुर्लाकोटीले कर्मचारी प्रशासनमा राख्न ल्याएका उप सचिव चिरञ्जिवी घिमिरेलाई कर्मचारी प्रशासन शाखाको जिम्मेवारीबाट हटाएर आयुर्वेद विभागमा पठाइएको छ ।

आयुर्वेद विभागमा खटाइएका रेवतीरमण शर्मालाई कर्मचारी प्रशासन शाखाको जिम्मेवारी दिएको छ । यो सरुवा सँगै स्वास्थ्यमा दुई सचिवको द्धन्द्ध बाहिर आएको छ । प्रशासन तर्फको सचिवको जिम्मेवारीमा रहेको सरुवा स्वास्थ्य सचिव डा रोशन पोखरेलले गरेपछि प्रशासन तर्फका सचिव उनलाई देखाइ दिने पक्षमा छन् । तर, सचिव पाेखरेलले भने मुख्य सचिव र सामान्य सचिवकाे सल्लाह र सुझाव अनुसार फायल अगाडि बढाएका हुन् ।

अधिकारीहरुले बताए अनुसार बुर्लाकोटी शुसासनको नियम कानुन सामातेर पुन सरुवा फिर्ता गर्ने पक्षमा देखिएका छन् । यसले स्वास्थ्यमा ठुलो द्धन्द्ध हुने स्पष्ट देखिएको छ । यो द्धन्द्धमा को-को कर्मचारी पर्नेहुन हेर्न बाँकी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ