शुक्रबारकाे सरुवाले दुई सचिव बीचकाे विवाद छताछुल्ल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रशासन तर्फका सचिव मधुसूदन बुर्लाकाेटीलाइ बाइपास गरेर १० कर्मचारीको सरुवाले मन्त्राालयका दुई सचिव बीचको विवाद सतहमा आएको छ ।

सचिव बुर्लाकाेटी खुलेरै प्राविधिक सचिव डा राेशन पाेखरेलकाे विरुद्धमा खनिएका छन् । उनले केही दिनमा सचिव पाेखरेललाइ देखाइदिने हिसाबले चेतावनीपुर्ण स्टाटस लेखेका छन् ।

 

कर्मचारी सरुवाको विषय प्रशासनको मातहत रहेकाे छ । मन्त्री प्रदीप यादवले डा पाेखरेल प्रयाेग गरेर शुक्रबार १० कर्मचारीको सरुवा गराएका थिए । उक्त सरुवा गर्दा सचिव बुर्लाकाेटी मन्त्रालयमै थिए । याे घटनाले बुर्लाकाेटीले स्वास्थ्यबाट मागेकाे सरुवा पनि राेक्न लगाएका छन् ।

सचिव बुर्लाकाेटीले अर्का सचिव डा राेशन पाेखरेललाइ लक्षित गरेर केही दिन यता निरन्तर सामाजिक सञ्जालमा स्टाटस लेख्दै आएका छन् । शुक्रबार साँझ घुमाउराे पारामा निकै कडा स्टाटस लेखेका छन् ।

माैसमी मन्त्रीले गर्दा दुई सचिवकाे विवाद सृजना भएको छ । यसले स्वास्थ्य थप अफ्ठेराेमा पर्ने देखिएको छ, भने कर्मचारी तन्त्रमा निरासा छाएको छ ।

 

नङ् र मासु जस्तो सम्बन्ध रहेका दुई सचिव अहिले पानी बाराबारकाे अवस्थामा मात्र नभएर एकले अर्कालाई सिध्याउन खेलमा जुटेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ