अमेरिकाको पीआर लिएको मुद्दामा विकल पौडेल भ्रष्टाचारी ठहर, १ वर्ष कैद


काठमाडौं । अमेरिकाको पीआर लिएको मुद्दामा विकल पौडेल भ्रष्टाचारी ठहर भएका छन् । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनीलाई उक्त मुद्दामा दोषी ठहर १ वर्ष कैद र १० हजार जरिवाना हुने सजाय सुनाएको हो । अमेरिकाको पीआर लिएर सार्वजनिक पदमा नियुक्ति लिएका विकललाई गत बैशाख ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दा ‘फास्ट ट्रयाक’मा सुनुवाई गर्दै उनलाई विशेष अदालतले एक महिनामै दोषी ठहर गरेको हो ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल ट्रान्सफर्मर खरिदमा पनि भ्रष्टाचारी ठहर भइसकेका छन् । उनलाई २ वर्ष कैद र २५ करोड ४७ लाख रुपैयाँ बिगो कायम गरी उक्त बराबरको जरिवान हुने फैसला भइसकेको छ । यो मुद्दामा पनि उनी भ्रष्टाचारी ठहर भएका हुन् ।

अब विकलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन र सुरक्षण मुद्रण केन्द्रको अर्को भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ। अख्तियारले उनीविरुद्ध थप मुद्दा हाल्ने तयारी गरिरहेको पाइन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ