दुर्गा प्रसाईको बिएण्डसी मेडिकल कलेजले डाक्टर पढाउन पाउने भयो


काठमाडौं । झापाको बिर्तामोडस्थित दुर्गा प्रसाईंले सञ्चालन गरेको बिएण्डसी मेडिकल कलेजले एमबीबीएस डाक्टर पढाउन पाउने भएको छ । सर्वोच्च अदालतले सम्बन्धन दिन निर्देशनात्मक आदेश दिएसँगै दुर्गा प्रसाईंको बिएण्डसी मेडिकल कलेजले डाक्टर पढाउन पाउने भएको हो ।

सर्वोच्चका न्यायाधीश डा. कुमार चुडाल र सारंगा सुवेदीको संयुक इजलासले १५ दिनभित्र बिएण्डसीलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय काभ्रे र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा परमादेश जारी गरेको छ । ‘यस वर्षको शैक्षिक सत्र सुरू हुनुअघि एमबीबीएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू, दिलाउनू ।’ भन्ने सर्वोच्चको फैसलाको पूर्णपाठमा उल्लेख भएकाले बिएण्डसी मेडिकल कलेजले डाक्टर पढाउन पाउने भएको हो ।

चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले फैसला बुझेको १५ दिनभित्र बिएण्डसीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिनुपर्ने बाध्यता आइपरेको छ । अब झापाबाट डाक्टर उत्पादन हुने भएका छन् ।

‘पछि बनेको ऐन कानूनको आडमा निषेध गर्ने प्रयत्न गर्नु नेपालको संविधानले प्रत्याभूत गरेको पेशा व्यवसाय तथा रोजगार सम्बन्धी मौलिक हकमा अनूचित दखलयुक्त भई प्रचलित कानूनको सर्वथा बर्खिलाप हुनुका साथै विवकसम्मत र शोभायुक्त मान्न सकिन्न ।’ सर्वोच्चको फैसलामा भनिएको छ । उक्त फैसला नै बिएण्डसीले सम्बन्धन पाउने बलियो आधार बनेको हो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ