जनस्वास्थ्य संघका महासचिव खड्का प्रधानमन्त्री कार्यालयबाट हटाइए


काठमाडौं । नेपाल जनस्वास्थ्य संघका महासचिव दिपेन्द्र खड्कालाई प्रधानमन्त्री कार्यालयबाट हटाइएको छ । प्रमुख स्वकिय सचिव रमेश मल्लले स्वास्थ्य लाइभलाइ दिएको जानकारी अनुसार केही समय अगाडिदेखि नै खड्कालाई टिमबाट हटाइएको हाे ।

स्वास्थ्यकर्मी संघको महासचिव र संगठनकाे व्यक्तिको नाताले उनलाई टिमभन्दा बाहिर बसेर सहयोग गर्न भनेकाे मल्लले बताए । तर, खड्काले भने आफू प्रधानमन्त्री कार्यालयमै रहेकाे बताएका छन् ।

प्रधानमन्त्री कार्यालयले सचिवालयमा बसेर बाहिर चलखेल गरेकाे गुनासाका आधारमा २० प्रतिशत कर्मचारी हटाएको छ । कतिपयले हटाउने चेतावनी पछि आफै राजिनामा समेत दिएर बाहिरिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ