न्युरोड, हाँडीगाउँसहितका प्राचीन क्षेत्र ‘नो भेइकल जोन’


काठमाडौं ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले न्युरोड, हाँडीगाउँसहितका प्राचीन तथा पुरातात्विक क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने घोषणा गरेका छन् । शुक्रबार आगामी आर्थिक वर्ष २०८१/ ८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

बालेनले विश्व सम्पदा सूचीमा रहेका बौद्धनाथ र स्वयम्भूनाथलाई काठमाडौं महानगरपालिका अन्तर्गत ल्याएर सञ्चालन र व्यवस्थापन गर्न पहल गरिने समेत बताए । सूचीकृत सम्पदा क्षेत्रहरूमा समेत सवारीसाधन निषेध गरिने उनको भनाइ छ ।

बृहत हाँडीगाउ गुरुयोजना तयार गरी लिच्छवीकालीन हाँडीगाउँको पुनर्विकास गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने बताउँदै उनले यी भेगमा होमस्टेलाई महानगरपालिकाले प्रोत्साहन गर्ने नीति प्रस्तुत गरे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ