जाजरकोटको सिडिओ आचार्य स्वास्थ्यमा आए, कोइराला भूमिमा पुगे


काठमाडौं । जाजरकोटका प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आएका छन् । स्वास्थ्यमा रहेका मदन कोइराला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पुगेका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालबाट स्वास्थ्य मन्त्रालय पुगेका कोइराला स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी नपाई भूमिमा पुगेका हुन् । भूमिका सहसचिव कुमारप्रसाद दाहाल नेपाल ट्रष्टको कार्यालय पुगेका छन् । स्वास्थ्यमा प्रशासनको सहसचिवले जिम्मेवारी नपाउदा तलब खुवाउनै समस्या भएको छ । यसैबीच सहसचिव आचार्य स्वास्थ्यमा आएका छन् ।

सहसचिव भएलगत्तै आचार्य जाजरकोटको प्रमुख जिल्ला अधिकारी बनेर गएका थिए । छोटो समयमै उनी सरुवा भएका हुन् । कोइराला पनि प्युठानको प्रमुख जिल्ला अधिकारीबाट न्याम्स हुँदै स्वास्थ्य मन्त्रालय पुगेका थिए । उनी स्वास्थ्यबाट बहिरिएका छन् । युवा तथा खेलकुद मन्त्रालयबाट सहसचिव शिवप्रसाद रेग्मी र धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीराम पनि कोइरालासँगै भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय पुगेका हुन् ।

भ्रष्टाचार मुद्दामा डामिएका सहसचिव रुद्रसिंह तामाङ, वीरेन्द्रदेव भारतीका साथै महालेखा नियन्त्रक कार्यालयका सहसचिव राजेश्वर ज्ञवाली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । वन मन्त्रालयका सहसचिव सामान्यको अतिरिक्त हुँदै राष्ट्रिय सुरक्षा परिषद् पुऱ्याईएका छन् । सहसचिव दिवश आचार्य राष्ट्रिय सुरक्षा परिषद्बाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहमा रहेकी सहसचिव मिरा आचार्यलाई उक्त मन्त्रालयमै व्यवस्थापन गरिएको छ । वनमा भने भूमिका सहसचिव ज्ञानराज सुवेदी पुगेका छन् ।

६० किलो सुन तस्करी प्रकरणका नाइके दाबा छिरिङसँग जोडिएका विवादित सहसचिव झलकराम अधिकारी सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालय पुगेका हुन् । स्वास्थ्य अर्का विवादित डा.सञ्जय ठाकुरलाई वीर अस्पतालबाट लगेर मधेेश प्रदेशको स्वास्थ्य सचिव बनाइएको हो ।

सहसचिव लाल बहादुर कवारी गृह मन्त्रालय पुगेका छन् भने सामान्यबाट रामकुमार महतो र सुशिला अर्याल अर्थ मन्त्रालय छिरेका हुन् । छविलाल रिजाल गृह मन्त्रालय तथा सहसचिव छविन्द्र पराजुली, राजन पौडेल र प्रदिप अधिकारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन् ।

सहसचिव दीपक घिमिरे राष्ट्रिय सतर्कता केन्द्र, रुद्रप्रसाद लामिछाने, युवा तथा खेलकुद मन्त्रालय, ज्ञानहरि घिमिरे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन् । विनोद लामिछाने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बद्रिनाथ गेह्रे सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश र केशवराज ढकाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश पुगेका हुन् ।

सहसचिव विदुरप्रसाद खनालको युवा तथा खेलकुद मन्त्रालय र रामबाबु पुरीको खानेपानी मन्त्रालय सरुवा गरिएको छ । सहसचिव कमान सिंह खत्रीको कर्णाली प्रदेशको आन्तरिक मामिला मन्त्रालय र कोशी प्रदेशका आन्तरिक मामिला लक्ष्मीप्रसाद पौडेलको भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना प्रविधि सहसचिव अनिल दत्तको अर्थ मन्त्रालय सरुवा गरिएको छ । उनी आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनेर जानेछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ