गुरु खनालसहित चिकित्सा शिक्षा आयोगमा ४ निर्देशक नियुक्त


काठमाडौं । प्रा.डा. गुरुप्रसाद खनालसहित चिकित्सा शिक्षा आयोगको निर्देशकका ४ जना नियुक्त भएका छन् । आयोगको निर्देशकमा नियुक्त हुनेमा प्रा. डा. खनाल, प्रा. डा सुदीप आचार्य, प्रा.डा. सरला श्रेष्ठ र प्रा.डा. सुजनबाबु मरहट्टा रहेका छन् ।

खनाललाई नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज निर्देशनालय, आचार्यलाई मापदण्ड तथा प्रत्यायन, श्रेष्ठलाई परीक्षा र  मरहट्टालाई योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयको जिम्मेवारी दिइएको छ ।

चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार सिफारिस समितिले गरेको सिफारिसका आधारमा आयोगका उपाध्यक्ष अञ्जनीकुमार झाले निर्देशक नियुक्त गरेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ