कुनै अन्य देशको पिआर वा नागरिकता लिएकी छैन: शिक्षामन्त्री श्रेष्ठ


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मन्त्री सुमना श्रेष्ठले अन्य देशको पिआर वा नागरिकता नलिएको प्रष्टिकरण दिएकी छिन् ।  राष्ट्रिय सतर्कता केन्द्रले छानबिन प्रक्रिया अघि बढाएपछि उनले उक्त स्पष्टीकरण दिएकी हुन् ।

स्वास्थ्य लाइभले शिक्षामन्त्री श्रेष्ठमाथि दोहोरो नागरिकता प्रयोगको आरोप लागेको तथ्य सार्वजनिक गरेको थियो । उक्त विषयमा राष्ट्रिय सतर्कता केन्द्रले पनि जवाफ छानबिन प्रक्रिया अघि बढाएपछि उक्त छानबिनमा पूरा सहयोग गर्ने शिक्षामन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरिकी छिन् । शिक्षामन्त्री श्रेष्ठ दोहोरो नागरिकता प्रयोग गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । अहिले राष्ट्रिय सतर्कता केन्द्र हात हालेको छ ।

‘म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पीआर वा नागरिकता लिएकी छैन।’, उनले लेखेकी छिन् ‘ट्याबलोइड सञ्चार माध्यममा सीमित रहँदासम्म जवाफ दिन जरुरी ठानिन तर राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले जवाफ दिएकी छु । आरोप आफैमा अस्पष्ट छ, कुन देशको पिआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः निराधार छ, तर छानबिनमा पूरा सहयोग गर्नेछु ।’,

आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो बेला ल्याइयो, प्रश्न गर्नुहोला भन्ने शिक्षामन्त्री श्रेष्ठको आग्रह छ । शिक्षामन्त्री श्रेष्ठले युरोपियन देशको पिआर वा नागरिकता लिने प्रक्रिया बुझेका कसैले यसबारे केहि प्रकाश पारिदिनुहुन्छ कि भन्दै समाजिक सञ्जालमार्फत प्रश्न गरेकी छिन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ