प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी, लम्साल र यादवमाथि पनि उजुरी


काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ। संसदीय सुनुवाई समितिले उनीविरुद्धको उजरी खोलेको छ। उजुरीकर्तासँग समितिले छलफल गर्दैछ। राउतविरुद्ध पारिवारिक र पेशागत आचरणसम्बन्धी उजुरी परेको हो।

प्रस्तावित प्रधानन्यायाधीश राउत जस्तै बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित यादवविरुद्ध पनि समितिमा उजुरी परेको छ। लम्साललाई आफ्नै कर्मचारीले उजुरी हालेका छन्। संसदीय सुनुवाई समितिले उजुरीकर्तासँग छलफल गरेर निर्णय लिने तयारी गरेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ