लक्ष्मण अर्यालले आतंकित पारेको स्वास्थ्य मन्त्रालयमा श्रीमती निता भित्रिइन्

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव हुँदा लक्ष्मण अर्यालले स्वास्थ्यमा आतंकित बनाएका थिए। कोभिड- १९ को समयमा स्वार स्वास्थ्यमा लक्ष्मण अर्यालको आतंकले सीमा नाघेको थियो। विश्व स्वास्थ्य संगठनसँग मिल्नेदेखि आफ्ना कर्मचारीलाई चिल्ने भूमिकामा समेत लक्ष्मण चर्चित बनेका थिए। उनै लक्ष्मणकी श्रीमती निता पोखरेल अर्याल अहिले स्वास्थ्य मन्त्रालय भित्रिएकी छिन्।
निर्वाचन आयोगको प्रवक्ता समेत रहेकी सहसचिव निताको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा भएको छ। लक्ष्मण नाम सुनेर तर्सिने गरेका स्वास्थ्यका कर्मचारीहरू निता उनकै श्रीमती हुन् भन्दा झस्किने अवस्था पनि आउन सक्छ। तर, उनलाई नजिकबाट चिन्नेहरू लक्ष्मणको जस्तो निताको स्वभाव नरहेको बताउँछन्। दिल्लीस्थित नेपाली राजदूतावासमा बसेर स्वास्थ्य राम्रै बनाएर आएकी नितालाई स्वास्थ्य चलाउन कुनै गाह्रो देखिँदैन। ढुण्डीप्रसाद निरौलाले चलाएको महाशाखा नितालाई कुरेर बसिरहेको छ। उनलाई ऋषिराज आचार्यले पनि ठाउँ खाली गरिदिएका छन्। आचार्य गण्डकी प्रदेशतिर लागेका छन्।
राष्ट्रिय योजना आयोगका सहसचिव हेमराज सुवेदी पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भित्रिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयभित्रै प्रशासनका दुई सहसचिवको दरबन्दी भएकाले निता र हेमराज भित्रिएका हुन्।
क्याटेगोरी : समाचारट्याग : ## लक्ष्मण अर्याल, #ऋषिराज आचार्य, #निता अर्याल पोखरेल, #हेमराज सुवेदी
तपाईको प्रतिक्रिया दिनुहोस