टूमीका उत्पादन नेपाली बजारमा


काठमाडौं । अमेरिकी प्रविधिबाट उत्पादित टूमीका उत्पादन नेपाली बजारमा आधिकारिक रुपमा विक्रि वितरण सुरु भएको छ ।  काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले टूमीका विभिन्न उत्पादनहरुको औपचारिक सार्वजनिक गरे ।

कम्पनीले अमेरिकन प्रविधिमा आधारित कपालसम्बन्धी सबै खालका केरोटिन उपचार, केरोटिन स्याम्पो, सेरम, वाक्स र फेसियललगायतका रेन्जमा बजारमा ल्याएको हाे ।

नेपालका लागि कारोवारको आधिकारिता पाएको कम्पनी ट्रुडर्माका अध्यक्ष मुरारकाले आजबाटै देशभरि विक्रि वितरण सुरु हुने जानकारी  दिए ।

नेपालका लागि कारोवारको आधिकारिता पाएको कम्पनी टू मीमा एसए प्रालिका अध्यक्षले जानकारी गराउनुभयो । नेपालमा टू मीका विभिन्न उत्पादनहरु बिक्री गर्दै आएको कम्पनीले आजबाट औपचारिक रुपमा ट्रु मीका उत्पादन समेत बिक्री वितरण शुरु गरेको कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले जानकारी दिए ।

नायिका स्वस्तिमा खड्काले टूमीले उत्पादन गरेका सामाग्री गुणस्तरीय र प्रभावकारी हुने विश्वासका साथ यो ब्राण्डसँग आफु जोडिएको बताइन् । स्किन स्वास्थ्यसँग पनि जोडिएको विषय भएकाले डाक्टरको सल्लाह बिना औषधि खान हुँदैन भनेजस्तै स्किनमा पनि जथाभावी उत्पादन प्रयोग गर्न नहुने खड्काले बताइन् ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com